Skip to main content

Susandesh Khabar

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु एक घाइते

 

काठमाडौं साउन ९।। नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार बिहान त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सौर्य एयरलाईन्सको सीआरजे सेभेन (आईजी ९एनएएमई) जहाज दुर्घटनामा परेको जनाएको छ।

ऊक्त जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ बजे पोखरा उडानका क्रममा रनवे छाड्नेबित्तिकै दाहिनेतिर मोडिन गई एयरपोर्टको पूर्वतिरको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले तत्कालै उद्धार कार्य शुरु गरी आगो नियन्त्रणमा लिइएको पनि जनाएको छ। त्यसक्रममा १८ जनाको शव संकलन गरिएको उसको भनाइ छ । १ जना घाइतेलाई उद्धार गरि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुऱ्याइएको प्राधिकरणले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

– सन्दीप तामाङ सेभेन्थ डे एड्भेन्टिस्ट चर्च संसारभर फैलिएको एउटा ख्रीष्टियन सम्प्रदाय हो, जसले बाइबलको शिक्षालाई जीवनको मुख्य आधा...
९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...