Skip to main content

Susandesh Khabar

विमान दुर्घटनाबारे छानबिन गर्न आयोग गठन, शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने

 

काठमाडौँ  साउन ९।। सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा । सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डंगोल रहेका छन्।

त्यस्तै, शोकका लागि साउन १० गते बिहीवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा सञ्चालक कम्पनीहरुलाई हवाईजहाजको अनिवार्य परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरण सोको अनुगमन गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

– सन्दीप तामाङ सेभेन्थ डे एड्भेन्टिस्ट चर्च संसारभर फैलिएको एउटा ख्रीष्टियन सम्प्रदाय हो, जसले बाइबलको शिक्षालाई जीवनको मुख्य आधा...
९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...