Susandesh Khabar

एक बिद्यार्थी एक रुपैयाँ बचत अभियानमा आठ महिनामा १९ लाख बढी रकम जम्मा

 

रोङ साउन १० ।। इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको एक बिद्यार्थी एक रुपैयाँ बाल बचत अभियानमा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ ।

गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि पालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको  दैनिक एक रुपियाँ बचत थालेको थियो । २०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो ।

अध्यक्षसँग बिद्यार्थी बिद्यालयमा आधारित उधमशिलता कार्यबिधी –२०८० बनाएर गाउँपालिकाले २०८० असोज २५ गते कार्यपालिकाबाट स्र्वीकृत गरी लागु गरेको थियो ।

गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको दैनिक बचत गर्न प्राइम कमर्सियल बैकसँग दोहोरो सम्झौतागरी एक हजार आठसय ६९ जना बिद्यार्थीको खाता खोलिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिए ।

२०८१ असार मसान्तसम्मको आठ महिना अवधिमा दैनिक एक रुपयिाँका दरले बिद्यार्थीको तर्फबाट १४ लाख ११ हजार आठ सय २७ रुपियाँ, गाउँपालिकाको तर्फबाट तीन लाख सात हजार सातसय ६१ रुपियाँ र बैंकको तर्फबाट प्रतिबिद्यार्थी एक सयका दरले एक लाख ८६ हजार नौसय रुपियाँ जम्मा भएको छ ।

बैंकले बिद्यार्थीको खाता खोल्दा प्रतिबिद्यार्थी एक सय रुपियाँ जम्मा गर्ने गरेको छ । पालिकाले बिद्यार्थी बिद्यालय आएको दिन एक रुपियाँका दरले जम्मा गरीदिने गरेको छ । अविभावकले मासिक रुपमा गाउँपालिकामा बचत जम्मा गरेपछि पालिकाले बैंकमा रकम जम्मा गर्ने गरेको छ ।

बिद्यार्थीको रकम जम्मा भए नभएको हेर्न पालिकाले सफ्टवेयर बनाएको छ । रकम जम्मा भएको पालिकाले बनाएको सफटवेयरमा देखिने हुँदा कुनै समस्या नहुने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रुती तामाङले जानकारी दिइन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...