Susandesh Khabar

भुसुडी खोलामा ट्रस पुल निर्माण स्थानीय लाभान्वित

 

बिर्तामोड, ११ साउन : बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित भुसुडी खोलामा ट्रस पुल निर्माण भएको छ ।

पुल नहुँदा सतालसिङ र डाँडागाउँ टोलका स्थानीयले वर्षौदेखि वारीपारी गर्न समस्या भोग्दै आएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशको २७ लाख ५८ हजार आठ सय एकाउन्न रुपैयाँ ( भ्याट, पि.एसआईटम) सहितको लगानीमा १६ मिटर लम्बाई तथा १.६ मिटर चौडाईको पुल निर्माण भएको हो ।

वडा नम्बर ९ का वडाअध्यक्ष हरिप्रसाद चौलागाईले पुल बनेपछि सहिद लक्ष्मी प्राथमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवतजावतमा सहज भएको बताउनु भयो । उहाँले वर्खामा वारीपारी गर्न बाँसको फड्के लगाउने गरेको भएपनि यस वर्षदेखि त्यो समस्या समाधान भएको बताउनु भयो । प्रदेश सांसद कमला थापा मगरको पहलमा पुलको बजेट विनियोजन भएको जनाइएको छ।

पुल निर्माणको काम सम्पन्न भएकोले चेकजाँच तथा अनुगमन गरी चाँडै हस्तान्तरण गरिने ठेकेदार कम्पनी आस्था निर्माण सेवा सुनसरीका प्रतिनिधि लिफाङ लिम्बुले जानकारी दिनुभयो । यस पुलबाट १ सय ७५ घरधुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...