Susandesh Khabar

सामुदायिक तरकारी बिक्री केन्द्र पुरानो भद्रपुर रोडमा पनि

 

बिर्तामोड, ११ साउन : बिर्तामोड नगरपालिका ४ स्थित पुरानो भद्रपुर रोडमा स्थापना गरिएको सुलभ सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ ।

नगरपालिकाले ‘पारिको होइन, बारीको खाऊँ’ भन्ने मूल नाराकासाथ सुरु गरेको तरकारी बिक्री केन्द्रको नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले आज (शुक्रबार) रिवन काटेर उद्घाटन गर्नु भयो ।

कार्यक्रममा बोल्दै नगर उप-प्रमुख संग्रोलाले सामुदायिक तरकारी विक्री केन्द्रलाई निरन्तर व्यवस्थित ढंगले अगाडि लिएर जाने नगरको अवधारणा रहेको बताउनु भयो । उहाँले जिल्लामा कृषि र पशुपंछि तथा मत्स्य विकासको क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने पालिकाको रुपमा बिर्तामोड रहेको बताउनु भयो । उहाँले खाली रहेका जग्गामा विभिन्न प्रकारका तरकारी उत्पादन गर्न सबैलाई आग्रहसमेत गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष राहुलकुमार शर्मा, कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाले विषादीरहित तरकारी उत्पादन तथा विक्री वितरणमा जोडदिनु भयो ।

सामुदायिक तरकारी बिक्री केन्द्रको धमाधम उद्घाटन भईरहेको छ । यस अघि वडा नम्बर ५ स्थित तमुटोल, पाथिभरा बालाजी र वडा नम्बर २ स्थित चारपानेमा उद्घाटन गरिसकिएको छ ।

अब वडा नम्बर १ मा अतिथिसदन र वडा नम्बर ३ मा बिर्ताबजार बिक्री केन्द्रको उद्घाटन गर्न बाँकी छ । यस्तै बुट्टाबारी, गरामनी र सैनिकबजारमा रहेको तरकारी संकलन तथा बिक्री केन्द्र र कृषिथोक बजारमा मुख्य संकलन तथा बिक्री केन्द्रको उद्घाटन गर्न बाँकी छ ।

सुलभ सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालन समितिका अध्यक्ष लक्ष्मीप्रसाद खरेलको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य निर्मला ल्वागुन, जनप्रतिनिधि, तरकारी कृषक, व्यवसायी लगायत विभिन्न टोलविकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...