Susandesh Khabar

कनकाई नगरले किन्यो विद्युतीय गाडी

सुरुङ्गा साउन १५।।    झापाको कनकाई नगरपालिकाले विद्युतीय गाडी खरीद गरेको छ ।

कामको सिलसिलामा भाडाको गाडी प्रयोग गर्दै आएको नगरपालिकाले सोको अन्त्यका लागि गाडी खरीद गरेको हो । इन्धन खपतमा न्यूनीकरण गर्ने र विद्युतीय गाडीको प्रबद्धन गर्ने सरकारी योजना अनुरुप नै नगरले विद्युतीय गाडी खरीद गरेको नगरपालिकाले जनाएको छ ।

नगरको कामका लागि गाडी अपुग भएर भाडामा ल्याउनु पर्ने भएपछि त्यसको अन्त्यका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको करिब ७ वर्षपछि पहिलो पटक सानो विद्युतीय गाडी किनिएको नगरका रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालले बताउनुभयो ।

आर्थिक वर्षको सुरुवाति चरणमा गाडी नचाहिने भए पनि आर्थिक वर्षको अन्त्यतिर २–३ महिनामा विभिन्न योजनाका कामको अनुगमनका साथै अन्य विविध कामका लागि गाडीको अपुग भएपछि गाडी खरीद गरिएको आचार्यले बताउनुभयो ।

यसअघि नगरमा २ वटा गाडी भएपनि उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीलाई पनि नगरकै कामका लागि गाडी नै आवश्यकता अनुसार प्रयोग गर्दै आइएको छ भने नगर प्रमुखले व्यक्तिगत गाडी प्रयोग गर्दै आएका छन ।

हाल नगरको नाममा जनप्रतिनिधि र कर्मचारीले आवश्यक अनुसार प्रयोग गर्दै आएको १७ मोटरसाइकल र ३ वटा स्कुटर छ्न् । त्यस्तै, नगरमा एउटा स्काभेटर, एउटा ट्याक्टर, एउटा ट्रिपर, जेसीबीसहित नगर एम्बुलेन्स तथा रेडक्रशबाट प्राप्त एम्बुलेन्स रहेको जिन्सी शाखाका प्रमुख भोजराज आचार्यले जानकारी दिए ।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आवश्यकताका आधारमा विद्युतीय गाडी खरीद गरिएको बताए । उनले भने ‘अबको प्राथमिकता नगरमा दमकल हो, यो पनि चाँडै ल्याउने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...