Skip to main content

Susandesh Khabar

मिस मंगोल नेपालको उपाधि खोटाङकी एञ्जल राईले जितिन्

 

खोटाङ  साउन २८।।खोटाङकी एञ्जल राईले मिस मंगोल नेपाल–२०२४’को उपाधि जितेकी छिन् । ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाकी २३ वर्षीया एञ्जलले १४औँ संस्करणको उपाधिसहित रु एक लाख राशीको नगद पुरस्कार प्राप्त गरेकी छिन्।

नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा एक्सन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा एञ्जलले ‘मिस ट्यालेन्ट’को उपाधिसमेत हात पारेको आयोजक एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोक प्यासी राईले जानकारी दिए। स्नातक उत्तिर्ण गरेकी एञ्जलले प्रभु बैङ्क, नेपाल आदिवासी जनजाति महासङ्घ, रिडी ग्रुप लिमिटेड तथा नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूत भई काम गर्ने अवसरसमेत प्राप्त गरेकी छिन्।

३०औँ विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौँको जमलस्थित राष्ट्रिय नाचाघरमा आयोजित प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु फस्ट रनरअप भएकी छिन्। स्नातक अध्ययनरत २१ वर्षीया लिम्बुले रु ५० हजार पुरस्कार पाएकी छिन्।

प्रतियोगितामा बाराकी १७ वर्षीया शाहिशा राईले ‘मिस मंगोल मधेश’सहित सेकेन्ड रनरअपको उपाधि चुम्न सफल भइन्। उनलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रभु बैङ्को प्रायोजनमा सञ्चालित प्रतियोगितामा मिस मंगोल कोशी मिश्रा राई (भोजपुर), मिस मंगोल बागमती मञ्जु तामाङ (रामेछाप), मिस मंगोल गण्डकी स्मारिका थापा (पूर्व नवलपरासी), मिस मंगोल लुम्बिनी काजोल थारु (बर्दिया), मिस पर्सनालिटी मेन्दा ल्याह्मु शेर्पा (शङ्खुवासभा) घोषित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

– सन्दीप तामाङ सेभेन्थ डे एड्भेन्टिस्ट चर्च संसारभर फैलिएको एउटा ख्रीष्टियन सम्प्रदाय हो, जसले बाइबलको शिक्षालाई जीवनको मुख्य आधा...
९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...