Susandesh Khabar

भारतको बागडोग्रामा स्कोर्पियो को ठक्करबाट छ जना श्रद्धालुको घटनास्थलमै मृत्यु

 

झापा साउन २८।।  भारतको पश्चिम बङ्गाल बागडोगरामा स्कोरपियो गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको छ।

साउन अन्तिम सोमबार बागडोगरास्थित जंगलीबाबा मन्दिरमा जल चढाउन पैदल गइरहेका श्रद्धालुमाथि एसके ०८ पी ०७३७ नम्बरको स्कोरपियो गाडीले ठक्कर दिएको थियो।

अनियन्त्रित गाडीको ठक्करबाट १० जना श्रद्धालुमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा गोविन्द चौधरी, अमलेश चौधरी, प्रह्लाद राय, कनक बर्मन, प्रणव राय, हिमेश राय चौधरी रहेका छन्। मृतकहरूको घर हासखोवा चिया बगान नजिकैको गोकुल जोत र दानागछ हो।

घटना आज बिहान ५ बजेको समयमा ३१ नम्बर राष्ट्रिय राजमार्ग अन्तर्गत मुनि चिया बगान नजिकै भएको हो। ठक्कर दिने गाडीमा बाबा धामबाट फर्किएका श्रद्धालुहरू सवार थिए। गाडी राजमार्ग किनारदेखि तल खसेको थियो।

उनीहरू पनि घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि उत्तरबंग मेडिकल कलेज लगिएको छ। ६ जनाको मृत्युले दुई गाउँ अहिले शोकमा डुबेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...