Susandesh Khabar

अर्जुनधाराका गीरीलाइ थाइल्याण्डमा स्वर्ण पदक

 

बिर्तामोड साउन २९।।थाइल्याण्डको बैंककमा आयोजित सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत झापा अर्जुनधाराका विवेक गिरीले स्वर्ण पदक जितेका छन् । गिरीले पुम्से प्रदर्शनमा स्वर्ण जितेका हुन् । स्वर्ण जित्नका लागि उनले तीन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्नु परेको प्रशिक्षक दिपेन दनुवारले जानकारी दिए ।

आइतबार नै सम्पन्न २९-३२ तौल समूहको प्रतिस्पर्धामा अर्जुनधाराका प्रिजन नेम्वाङले कास्य पदक जितेका छन् । प्रिजन नेम्वाङले ४५ वटा देशका खेलाडीलाई पराजित गर्दै उक्त पदक आफ्नो बनाएका हुन् । झापाको अर्जुनधाराबाट चार खेलाडीसहित ५ जना थाइल्याण्ड गएका थिए । प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक जितेका थिए ।

शनिश्चरे तेक्वान्दो डोजाङका उत्पादन तामाङले ५१-५५ केजी र थापाले ५६ केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...