Susandesh Khabar

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु , दुई गम्भीर घाइते

 

बिर्तामोड साउन ३० ।। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुट्टाबारी चारअलि सडक खण्डमा  मोटरसाइकलको  ठक्कर बाट  एकजना पैदलयात्रीको मृत्यु भएको छ । अन्य दुईजनाको गम्भिर अवस्थामा उपचार भईरहृको छ ।

मेचीनगर-१३ कालिझोडामा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे.६ प. ८३२० नम्बरको मोटर साईकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घट्नामा पैदलयात्री नाम थर खुल्न नसकेको ३६ बर्षको पुरुष घाइते भएका थिए। उनको टाउकोमा गहिरो चोट लागेको थियो । बोल्न नसक्ने गरि घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको  छ ।

दुर्घटनामा परेका मोटर साईकल चालक सवार मेचीनगर-१३ का मन्दिप मेचेको दुबै हात र खुट्टामा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  सोही मोटरसाईकलमा पछाडि बसेका सागर मेचेको टाउकोमा चोट लागेको छ । उनको गम्भिर अवस्थामा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न मोटरसाईकल प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...