Susandesh Khabar

बिर्तामोडस्थित हर्कलाल मार्ग स्तरोन्नति गरिदै

 

बिर्तामोड, ३० साउन ।।बिर्तामोड नगरपालिकाको हर्कलाल मार्ग स्तरोन्नति गर्ने कार्यलाई अघि बढाईएको छ । गएको आर्थिक वर्षमा गरेर बाँकी रहेको भागमा स्तरोन्नति कार्यलाई अघि बढाइएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्बन्धित कार्यालयका ईन्जिनियर सहित सडक अनुगमन गर्नु भएको छ । उहाँले सघन शहरी विकास कार्यालयको १ करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड ७१ लाख रुपैयाँ गरी जम्मा ३ करोड २१ लाख रुपैयाँको बजेटमा सडक स्तरोन्नति गर्न लागिएको जानकारी दिनु भयो । नगर प्रमुख प्रसाईले संघ, प्रदेश र नगरको बजेटमा प्राथमिकताको आधारमा सडक स्तरोन्नति गर्ने कार्य धमाधम भईरहेको बताउनु भयो।

आनन्दचोकसम्मको १ हजार ५६ मिटर सडक गएको आर्थिक वर्षमा नै स्तरोन्नति भइसकेको छ । पुर्वाधार विकास कार्यालयको ४ करोड ६१ लाख ४१ हजार रुपैयाँ (भ्याटसहित) को लागतमा स्तरोन्नति गरीएको हो ।

सडक डिभिजन कार्यालय दमकका इन्जिनियर किरण श्रेष्ठले अहिले लागत स्टिमेटकार्य धमाधम भईरहेकोले भदौको पहिलो हप्तासम्ममा ठेक्का लगाउने जानकारी दिनुभयो । हर्कलाल मार्गको अब करिब २ किलोमिटर सडक ड्रेन सहितको स्तरोन्नति कार्य बाँकी छ ।

वडा नम्बर ४ का वडाअध्यक्ष राहुल कुमार शर्माले सडक स्तरोन्नति भएपछि भत्किएको सडकमा वर्षौदेखि यात्रा गरीरहेका स्थानीयलाई राहत मिल्ने बताउनु भयो । उहाँले सडक निर्माणका क्रममा आवश्यक सहजीकरण गर्न स्थानीय उपभोक्ताहरुलाई आग्रह गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...