Susandesh Khabar

हात्ती नियन्त्रणका लागि बिर्तामोडमा सोलार फेन्सिङ वाल निर्माण सुरु

 

बिर्तामोड, ३१ साउन : बिर्तामोड‌मा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ। हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६,७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको हो ।

वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टासम्मको ९ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको कोषले जनाएको छ ।तारबार निर्माण कार्यको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिहीबार (आज) शिलान्यास गर्नु भयो ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने बताउनु भयो । उहाँले बढ्दो मानविय क्षति कम गर्नका लागि विद्युतिय तारबार फलदायी हुने अपेक्षा राखेको भन्दै हात्तीका लागि मनपर्ने आहारा व्यवस्थापन गर्न पनि स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समिति लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले मानववस्तीमा हात्ती छिरेर असर गर्दै आएको लामो समयदेखिको बाध्यतालाई यसले अन्त्य गर्ने बताउनु भयो । उहाँले यति प्रयाप्त नभएपनि आगामी दिनमा थप व्यवस्थित गर्दै लैजानु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेलले हात्ती नियन्त्रणका लागि तारबार प्रभावकारी हुने भएकोले सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

यस्तै हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगत कुमार राईले विद्युतीय तारबार निर्माण पछि स्थानीयको बालीनालीमा यस अघि हुने गरेको क्षति कम हुने विश्वास व्यक्त गर्नुभयो ।

१ करोड ३२ लाख ३६ हजार ५ सय २० रुपैयाँको लागतमा तारबार निर्माण हुन लागेको हो । यसको ठेक्का फुङ्फुङ्गे शैलेश्वरी निर्माण सेवाले लिएको छ । ठेक्का सम्झौता अनुसार २०८१ कात्तिक २९ गतेसम्ममा योजना सम्पन्न गर्नु पर्ने छ ।

संरक्षण कोषका कोशी प्रदेश प्रमुख विरेन्द्र गौतमका अनुसार सुरुमा बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतिय तारबार निर्माण गरीएको थियो । उहाँले अहिलेसम्म झापाको जलथल र चाराआलीमा क्षेत्रसमेत गरी ७६ किलोमिटर क्षेत्रमा विद्युतिय तारबार भईसकेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

सन्दिप, बागमति प्रदेशको राजधनी हेटौंडा स्थित ड्राइभर डाडामा १०० दिने ३० औ ब्याचको बाइबल सेमिनार तालिम शनिबार एक कार्यक्रमका सा...

त्रिशुली नदिमा बस खस्दा १७ जनाको मृत्यु

पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस गए राती धादिङको बेनीघाट रोराङको चरौदि नजिकै दुर्घटना हुदा १७ जनाको घटनास्...
धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा धादिङ क्षेत्र नं–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट प्राप्त गरेका उम्मेदवार राम...
बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...