Skip to main content

Susandesh Khabar

यो वर्ष पनि बिर्तामोडमा श्रीकृष्ण रथयात्रा निकालिने, तयारी अन्तिम चरणमा

sms sharing button
बिर्तामोड साउन ३१ ।। गत वर्षदेखि झापाको बिर्तामोडमा सुरु भएको श्रीकृष्ण रथ यात्रा यो वर्ष पनि हुने भएको छ।

श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा अघिल्लो बर्ष बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा निकालिएको थियो ।  यस  वर्ष पनि यी दुवै  संस्थाको आयोजनामा बृहत रुपमा रथयात्रा निकालिने श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए ।

श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट आगामी भदौ ११ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्रा को आयोजना गर्न लागिएको हो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । भगवान् श्री कृष्णको जन्म उत्सवको अवसर पारेर गर्न लागिएको रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।

भदौ १० गते साझ ६ बजेदेखि राती १२ बजे सम्म भब्य श्रृंगार, श्री कृष्ण जन्म , श्री कृष्ण लीला , शिव तांडव, गणेश जीको झांकी दर्शन, राधा रानी झांकी दर्शन लगायतका कार्यक्रम हुने पनि कार्यक्रम संयोजक तथा अग्रसेन भवन अन्तर्गत श्री बालाजी धाम व्यवस्थापन समितिले जनाएको छ ।

भदौ ११ गते विशेष पूजाअर्चाना गरिने र दिउंसो ३ बजे  रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुने बताइएको छ । रथयात्रा बिर्तामोड बजार परिक्रमा गर्ने जनाइएको छ । सद्गुरु सदनले दुई वर्ष अघि पनि एकल रथयात्रा निकालेको थियो । तर, अघिल्लो बर्षदेखि भने बालाजी मन्दिरसँग सहकार्य गरेर संयुक्त निकाल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

– सन्दीप तामाङ सेभेन्थ डे एड्भेन्टिस्ट चर्च संसारभर फैलिएको एउटा ख्रीष्टियन सम्प्रदाय हो, जसले बाइबलको शिक्षालाई जीवनको मुख्य आधा...
९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...