Susandesh Khabar

इजरायली आक्रमणमा १० जना लेबनानीको मृत्यु 

बेरुत —इजरायलले दक्षिण लेबनानको नाबाटिएमा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । आक्रमणमा मारिनेहरू सिरियाली नागरिक रहेको समाचार संस्था रोयटर्सले जनाएको छ।

इजरायली सेनाले विद्रोही संगठन हेजबोल्लाहको हतियार डिपोलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । इजरायल नियन्त्रित गोलन हाइट्समा करिब दुई साताअघि गरिएको क्षेप्यास्त्र आक्रमणमा १२ बालबालिका र किशोरकिशोरीको ज्यान गएको थियो । जसका कारण उक्त क्षेत्र तनावग्रस्त बनेको हो । घटनाको जवाफमा इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरी हेजबोल्लाहका कमाण्डरको हत्या गरेको थियो ।

हेजबोल्लाहले हमास नेता इस्माइल हानियाको हत्याको इजरायलसँग बदला लिने बताउँदै आएको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच शुक्रबार हुने भनिएको युद्धविराम वार्ता रोकिएको अर्को दिन इजरायलले हेजबोल्लाहलक्षित आक्रमण गरेको हो । दुई पक्षबीचको वार्ता एक सातपछि हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...