Susandesh Khabar

झापाको दुर्गापुरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा चारजना घाइते।

 

बिर्तामोड भाद्र ३ ।। झापाको कनकाई नगरपालिकामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा श्रीमान-श्रीमती र बाबु–छोरा घाइते भएका छन् ।

सोमबार दिउँसो २।१० बजे दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ३ प ७१५८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको मे ८ प ४३२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मे ३ प ७१५८ नम्बरको मोटरसाइकल चालक बाह्रदशी-७ गोलुगाउँ बस्ने वर्ष ४१ का नारायण राजवंशी र मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती वर्ष ३८ की सरिता राजवंशी घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेर घाइते दुवै जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मे ८ प ४३२९ नम्बरको मोटरसाइकल चालक कनकाई-१ प्रजापति टोल बस्ने वर्ष ५० का शान्तिराम खड्का र पछाडि सवार उनका छोरा वर्ष १४ का आर्जल खड्का पनि घाइते भएका छन् ।

सामान्य अवस्थाका शान्तिराम र गम्भीर अवस्थाका आर्जलको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारीसाधन इलाका प्रहरी सुरुङ्गाको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...