Susandesh Khabar

गोल वर्षा भएको खेलमा आयोजक सङ्घर्ष स्पोर्टिङ क्लब विजयी

 

ताप्लेजुङ भाद्र ३ ।। आजबाट ताप्लेजुङको सदरमुकाम फुङ्लीङमा सुरु भएको दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल  प्रतियोगितामा आयोजक सङ्घर्ष स्पोर्टिङ क्लब ताप्लेजुङले विजयी सुरुवात गरेको छ।

आज भएको उद्‌घाटन खेलमा पाहुना टोली कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतलाई ७-५ गोलको  अन्तरले पछि पार्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङले विजय सुरुवात गरेको हो ।

विजय भए सँगै संघर्ष स्पोर्टिङ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अब संघर्ष स्पोर्टिङ युवा क्लबले भाद्र ५ गते हुने रूपन्देही र मोरङबीचको बिजेतासँग सेमिफाइनल खेल खेल्ने भएको छ भने, कञ्चनजङ्घा फुटबल क्लब सिलगुडीको यत्रा यही अन्त्य भएको छ ।

भोलि छिमेकी जिल्ला पाँचथर र सलहेश युवा क्लब सिरहाबीचको खेल हुने आयोजकले जनाएको छ

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खेलको विजेताले नगद ५ लाख उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन्

नेपाल र भारतका गरी आठ टिम सहभागी प्रतियोगिता भाद्र १० गतेसम्म सञ्चालन हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...