Susandesh Khabar

यस वर्षको ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार राजा पुनियानीलाई दिइने

 

बिर्तामोड भाद्र ४ ।। यस वर्षको ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार राजा पुनियानीलाई दिइने भएको छ ।

‘दिव्य बिक्रम नेम्बाङ स्मृति प्रतिष्ठानले पुनियानीलाई भदौ १४ गते शुक्रबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी नेम्बाङको पाँचौ स्मृति दिवसका दिन ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार २०८१द्वारा सम्मान गरिने प्रतिष्ठानले जनाएको  छ ।

राजा पुनियानी भारत दार्जीलिङ, सुकुनाका कवि तथा चिन्तक हुन । यस अघि यसअघि पुरस्कारबाट कवि तथा लेखक प्रकाश थाम्सुहाङ, कृष्ण बराल र उपेन्द्र सुब्बा सम्मानित भइसकेका छन् ।

राजनीतिज्ञ, समाजसेवी एवम् साहित्यकार स्व.दिव्य बिक्रम नेम्बाङको स्मृतिमा स्थापित २०७६ सालमापुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशि सम्मान पत्र सहित तीस हजार रहेको छ ।

बिक्रम सम्बत १९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका दिव्य बिक्रम नेम्बाङ बैरागी काइँला, ईश्वरवल्लभ र ईन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’ साहित्यिक पत्रिकाका प्रकाशक थिए । अध्ययन र निर्वासनको क्रममा लामो समय दार्जीलिङ बसेका नेम्बाङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ऐतिहासिक योगदान समेत पुर्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...