Skip to main content

Susandesh Khabar

बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

 

साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो।

यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए। अर्को समूहबाट भारत, माल्लिभ्स र भुटान मध्ये दुई टोली सेमिफाइनल पुग्नेछन्।

बिहीबार भएको खेलका तीनै गोल पहिलो हाफमा भएका थिए। पहिलो हाफमा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो। खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो।

डिबक्स बाहिर रहेका बंगलादेशका गोलकिपर हसन साब्रोनले बल नियन्त्रण गर्न ढिला गरेपछि समिरले उनको खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल गरेका थिए।

त्यसको एक मिनेटपछि निराजन धामीले नेपालको अग्रता दोब्बर पारे। उनले डिबक्स भित्र प्रात पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए।

बंगलादेशले ४२ मिनेटमा पेनाल्टीबाट गोल गर्‍यो। नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई डिबक्सभित्र लगाए पनि रेफ्रीले पेनाल्टी दिने निर्णय गरे। केही मिनेटअघि मैदान छिरेका इस्लामले पेनाल्टीमा गोल गर्न सफल भए।

दोस्रो हाफको इन्जुरी टाइमको अन्तिम मिनेटमा नेपालका गोलकिपर जयरथ शेखले बंगालदेशका खेलाडीको हेडरलाई उत्कृष्ट बचाउ गरेपछि नेपालले खेल जितेको थियो।

अब भारत र माल्दिभ्सबीच शुक्रबार हुने खेलपछि अर्को समूहबाट सेमिफाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

– सन्दीप तामाङ सेभेन्थ डे एड्भेन्टिस्ट चर्च संसारभर फैलिएको एउटा ख्रीष्टियन सम्प्रदाय हो, जसले बाइबलको शिक्षालाई जीवनको मुख्य आधा...
९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...