Susandesh Khabar

बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

 

साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो।

यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए। अर्को समूहबाट भारत, माल्लिभ्स र भुटान मध्ये दुई टोली सेमिफाइनल पुग्नेछन्।

बिहीबार भएको खेलका तीनै गोल पहिलो हाफमा भएका थिए। पहिलो हाफमा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो। खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो।

डिबक्स बाहिर रहेका बंगलादेशका गोलकिपर हसन साब्रोनले बल नियन्त्रण गर्न ढिला गरेपछि समिरले उनको खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल गरेका थिए।

त्यसको एक मिनेटपछि निराजन धामीले नेपालको अग्रता दोब्बर पारे। उनले डिबक्स भित्र प्रात पासमा उत्कृष्ट फिनिसिङ गरेका थिए।

बंगलादेशले ४२ मिनेटमा पेनाल्टीबाट गोल गर्‍यो। नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई डिबक्सभित्र लगाए पनि रेफ्रीले पेनाल्टी दिने निर्णय गरे। केही मिनेटअघि मैदान छिरेका इस्लामले पेनाल्टीमा गोल गर्न सफल भए।

दोस्रो हाफको इन्जुरी टाइमको अन्तिम मिनेटमा नेपालका गोलकिपर जयरथ शेखले बंगालदेशका खेलाडीको हेडरलाई उत्कृष्ट बचाउ गरेपछि नेपालले खेल जितेको थियो।

अब भारत र माल्दिभ्सबीच शुक्रबार हुने खेलपछि अर्को समूहबाट सेमिफाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...