Susandesh Khabar

आर्मीलाई हराउँदै बिर्तामोड युनाइटेड ‘ताप्लेजुङ गोल्ड कपको’ सेमीफाइनलमा प्रवेश

 

ताप्लेजुङ भाद्र ६ ।। त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्बल, झापा  ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङ स्थित भानुजन माविको खेलमैदानमा विहीबार भएको क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा झापाले तीन गोल गरेको हो ।

खेलको ४६औँ मिनेटमा झापाका अविशेक गुरुङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् । त्यसपछि खेलको ६५औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै झापाको अग्रता दोब्बर पारेका थिए । त्यसको एक मिनेटपछि खेलको ६६औँ मिनेटमा हिसुब थपलियाले गोल गर्दै झापालाई ३–० गोलअन्तरको जित दिलाए ।

खेलमा म्यान अफ दी म्याच बिर्तामोड युनाइटेडका देवेन्द्र तामाङ घोषित भए । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि अब विर्तामोड युनाइटेड क्बल, झापाले सहलेश फुटबल क्लब सिरहाको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा शुक्रबार संघर्ष फुटबल क्बलले सगरमाथा फुटबल क्लब मोरङको सामना गर्नेछ ।

प्रतियोगिताको विजेता टिमले पाँच लाख र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्ने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...