Susandesh Khabar

अर्जुनधारा जलेश्वर धामले साउमा गर्यो १४लाख रुपैयाँ बचत

 

अर्जुनधारा ।। पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धामले साउनमा सम्पन्न श्रावणी पर्व–२०८१ मा १४ लाख ५७ हजार १५६ रुपैयाँ बचत गरेको छ ।

धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार श्रावणी पर्वमा आम्दानी १७ लाख ५२ हजार ९३१ रुपैयाँ र खर्च दुई लाख ९५ हजार ७७५ रुपैयाँ भएको छ ।

आम्दानीतर्फ नगदी रसिदबाट आठ लाख ८२ हजार १२० रुपैयाँ, मन्दिर भेटीबाट पाँच लाख ६९ हजार ५८१ रुपैयाँ, भूमिदानबाट एक लाख ५०५ रुपैयाँ, अक्षयकोष अन्नदाताबाट ८१ हजार १०० रुपैयाँ, शीघ्र दर्शन रसिदबाट ७३ हजार ५०० रुपैयाँ, मूल मन्दिर रुद्राभिषेकबाट २६ हजार २०० रुपैयाँ, गुरुकुल अक्षयकोषबाट १० हजार ५५५ रुपैयाँ, आजीवन सदस्यताबाट छ हजार २०० रुपैयाँ र व्यास मर्मतबाट तीन हजार १७० रुपैयाँ रहेको छ ।

त्यस्तै, खर्चतर्फ पण्डाल निर्माणमा एक लाख २० हजार रुपैयाँ, मूल मन्दिर रुद्राभिषेक पूजा सामग्री दुई लाख रुपैयाँ, गुरु कर्मचारी दक्षिणामा २४ हजार १०० रुपैयाँ, मूलमन्दिर पूजा व्यवस्थापनमा २३ हजार १९० रुपैयाँ, साउन्ड सिस्टममा २२ हजार रुपैयाँ, बाटो तथा पण्डाल मिक्स गिटी १३ हजार ६०० रुपैयाँ, मूल मन्दिर शृङ्गारमा १२ हजार रुपैयाँ र अन्य खर्चमा ६० हजार ८८५ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...