Susandesh Khabar

डेंगूको सङ्क्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु

 

इलाम । डेंगूको सङ्क्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् ।

उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिए ।

ढकालका अनुसार मृतक नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवल शिक्षण अस्पताल पुर्याइएको थियो ।

तर, प्लेटलेटको सङ्ख्या ह्वात्तै घटेर उनको निधन भएको हो । श्रीमती मुना र दुई छोरी सलिना र समीक्षा ढकाल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...