Susandesh Khabar

अमेरिकामा एक नेपाली युवतिको गोली हानी हत्या

 

एजेसी।। अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ।

सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।

वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन्।

केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर अझै हत्यारा पत्ता लागि नसकेको प्रहरीले जनाएको छ। हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ।

मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ। उनका आमा बुवाको भने सम्बन्ध विच्छेद गरेका छन्।

प्रहरीले उनको शव पोष्टमार्टमका लागि लगेको छ। पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरु प्राप्त हुने जनाइएको छ।

नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्व अध्यक्ष डाक्टर विष्णु नेपालका अनुसार पोस्टमार्टम सकिएपछि मुनाको शव स्थानीय फ्यूनरल होममा आउने र त्यसपछि परिवारको समन्वयमा एनएएच लगायत स्थानीय संघसंस्थाको सहयोगबाट अन्त्येष्टि गरिनेछ।

डाक्टर नेपालका अनुसार सबै प्रक्रिया सकिएर अस्पतालले शव हस्तान्तरण गर्न अझै केही दिन लाग्नेछ। दिवंगत मुनाकी नेपालमा रहेकी आमा अमेरिका पुगेपछि उनको अन्तेष्टि गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...