Susandesh Khabar

तीज गीत ‘आयो तीज रङ्गियो गाउँबेसीको’ म्युजिक भिडियो सार्वजनिक।

 

बिर्तामोड ।।  नेपालीहरूको महानचाड हरितालिका तीजको अवसर पारेर बजारमा विभिन्न तीज गीतहरू आइरहेको बेला सरगम संगीतालय बिर्तामोडले पनि नयाँ तीज गीत सार्वजनिक गरेको छ। गायिकाहरू दीक्षा रसाइली सपना थापा रविना लिम्बु सोनिया घिसिङ र निरुता तामाङको स्वरमा रहेको तीज गीत ‘आयो तीज रंगियो गाउँ बेसी’ नामक तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सरगम संगीतालयको ब्यानरमा निर्माण भएको उक्त गीत सरगम- संगीतालयकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

झापाको धार्मिक तथा पर्यटकीय स्थल अर्जुनधारा जलेश्वर धाममा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई दीपक रायमाझीले निर्देशन सुवास लिम्बुले छायाङ्कन पदम तामाङले शृंगार र दिलमाया पन्थाक  लिम्बुले नृत्य निर्देशन गरेका छन्

नेपाली मौलिक तीजको मर्म अनि वास्तविक नेपाली नारीहरूको अहिलेको परिस्थिति बोकेको तीज गीत ‘आयो तीज रङ्गियो गाउँ बेसीमा’ दीपक रायमाझीकै शब्द र संगीत रहेको छ। मौलिक शब्द र वास्तविकतामा रहेर बनेको उक्त गीत सबैले हेरिदिन समेत अनुरोध गरिएको छ। गीतलाई संजीव बराइलीले संगीत संयोजन गरेका छन् भने  सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...