Susandesh Khabar

हेलिकप्टर दुर्घटनामा परेर बाँचेको हूँ कसैको डरभर छैन – केपी ओली

 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परेर बाँचेको कारणले पनि आफूलाई कसैको डरभर नभएको बताएका छन्।

शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन समारोहमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कुनै पनि घटनाको अन्तमा पुग्नेबित्तिकै धेरैलाई धेरै चिज मन नपर्न सक्ने बताउँदै यस्तो बताएका हुन्। ‘म पनि हेलिकोप्टर दुर्घटनामा परेको हुँ, ५ हजार फिटबाट झरेको हुँ। फेरि पनि बँचे, फाउकै जीन्दगी हो। त्यसकारण धेरै डरभर मलाई पनि छैन,’ प्रधानमन्त्री ओलीले भने।

उनले क्याप्टेन थापातर्फ हेरेर बल्दाबल्दैको हेलिकप्टर दुर्घटनाबाट बँचेर आएको भन्दै डराउनुपर्ने कुनै कारण नरहेको सम्बोधनको क्रममा बताए।

‘यहाँ त मुख्य मुख्य घटनाको मात्रै वर्णन गरिएको छ। यो घटनाको अन्तर्यमा पस्नेबित्तिकै कतिलाई मन नपर्ने कुरा हुन्छ हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसकारण, एकबारको जीन्दगी त्यत्रो हेलिकप्टर बल्दाबल्दैको जीन्दगी बचेर आउनुभएको छ। डराउनुपर्ने अवस्थै छैन। सत्यको अवलम्बन गर्नुस् अगाडि बढ्नुस्।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...