Susandesh Khabar

आन्तरिक हवाई भाडा दर घट्यो

काठमाडौँ।।   नगरिक उड्डयन प्राधिकरणले नेपालको आन्तरिक हवाइ उडानको भाडा घटाएको छ ।

प्राधिकरणले हवाइ इन्धनको मूल्य घटेर आएसँगै त्यस अनुसार मूल्य समायोजन गरेको हो ।

गत भदौ १५ गते नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको थियो । त्यससँगै प्राधिकरणले मूल्य समायोजन गरेको हो ।

जसअनुसार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्म भाडा घटाइएको हो ।

अब काठमाडौंदेखि भैरहवासम्मको भाडा २७ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि २८ सय २० रुपैयाँ रहेकोमा १०५ रुपैयाँ मूल्य घटेको हो ।

त्यस्तै नेपालको आन्तरिक उडानमा लामो रुट मानिने काठमाडौं–धनगढीको भाडा २२० रुपैयाँ घटाइएको छ । यसअघि त्यहाँको भाडा ६ हजार ५० रहेकोमा भाडा घटेसँगै अहिले ५८ सय ३० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...