Susandesh Khabar

बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट छेउमा सवारी दुर्घटना हुँदा  २ जना गम्भिर घाइते

 

बिर्तामोड ।  पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट छेउमा सवारी दुर्घटना हुँदा  २ जना गम्भिर घाइते भएका छन् ।

आज साँझ ५ बजे बिर्तामोड बाट चारआली तर्फ जादै गरेको मे १० प ३५४४ नं.को मोटरसाईक र चारालीबाट बिर्तामोड तर्फ आउदै गरेको ना ५ ख ९१२२ नं.को ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा मोटरसाईकलमा सवार ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीय  रुपेश बुढाथोकीको टाउको र दाहिने खुट्टामा चोट लागेको अवस्थामा र सोहि स्थानका २४ बर्षीय दिवाङकर राईको टाउको र दाहिने खुट्टामा चोट लागि घाईते भएको प्रहरीले बताएको छ ।

उनीहरुको अवस्था गम्भिर रहेको र हाल बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भएका मध्ये कस्ले मोटरसाइकल चलाएको हो भने खुल्न सकेको छैन् ।

दुर्घटनामा संलग्न ट्रक चालक झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने ३१ बर्षीय संजय माझीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको बताईएको छ ।

दुर्घटनामा परेको मोटरसाईकल र ट्रकलाई  जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...