Susandesh Khabar

यातायात व्यवस्था कार्यालय झापामा आर्थिक वर्ष २०८०/८१ मा  ९३ करोड बढी राजस्व संकलन

 

बिर्तामोड । भाद्र २१ ।।  यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा  ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा  पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व संकलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा  ८८ करोड ६ लाख ८७ हजार दुई सय ४७ राजस्व संकलन भएको थियो । गत आव २०८०/८१ मा २० हजार ६३ कूल सवारी दर्ता हुँदा १९ हजार ९ सय २० सवारी चालक अनुमतिपत्र वितरण भएको उनले बताए । यसैगरी कार्यालयले सवारी जाँच पास ११ हजार चार सय ४१ र रुट अनुमति पाँच सय ३४  दिएको थियो ।

गत आव २०८०/८१ मा सबैभन्दा धेरै सात हजार ६ सय १५ मोटरसाइकल दर्ता हुँदा एक हजार सात सय पाँच इ–रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बस एक सय ५६, मिनिबस १०, माइक्रो बस १८, जिप एक सय ६०, कार दुई सय ७०, भ्यान एक सय ३६, पिकअप एकस २९, ट्र्याक्टर एक सय ४५, ट्रक ७८, मिनिट्रक १४ टिपर १४ गत आवमा दर्ता भएका छन् ।

दर्ता भएका जम्मा सवारीमध्ये एक हजार दुई सय ५७ सार्वजनिक, ९ हजार चार सय ४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र एक हजार ९ सय ७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको यातायात कार्यालय झापाले जनाएको छ ।

निमित्त कार्यालय प्रमुख बोहराले हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमति पत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...