Susandesh Khabar

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीद्वारा अनसन सुरु

 

विराटनगर। । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेस प्रदेश सभा सदस्य केदार कार्कीले अनसन सुरु गरेका छन् ।

आफूले सरकारको नेतृत्व गर्दा सुरु गरेका योजनाहरु काटिएको भन्दै प्रदेश सभा अघि बनस्खण्डीमा अनसन बनेका हुन् ।

उनले यसअघि नै वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विभिन्न माग राखेर अनसन बस्ने चेतावनी दिएका थिए ।

मुख्यमन्त्री समक्ष विभिन्न ९ माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए । तर मुख्यमन्त्रीले त्यसबारे कुनै चासो नदेखाइएको भन्दै मंगलबार दिउँसोबाट अनसन सुरु गरेका हुन् ।

उनले १० वर्ष मुनिका प्रदेशको बलबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयंशेवीहरूलाई प्रोत्साहन भत्ता, प्रदेशमा संचालन भएको शैलजा आचार्य मुटु रोग उपचार केन्द्र संचालन, सुनसरी र मोरङको ४ वटा पालिकालाई बाढी र डुबानबाट बचाउन केसलिया करिडोर निर्माण लगायतका मागहरु राखेका छन् । यी मागहरुबारे ध्यानाकर्षण मुख्यमन्त्रीलाई गराएका थिए ।

तर मुख्यमन्त्रीले उनका मागबारे चासो नदेखाएको भन्दै आजबाट अनसन सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...