Susandesh Khabar

डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २८ भदौ : बिर्तामोड नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।
नगरपालिकाको सभाहलमा आज (शुक्रबार) स्वास्थ्य कार्यालय झापा र सहारा नेपाल विश्वास परियोजनाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले संक्रमण नियन्त्रणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट जुट्नु पर्ने बताउनु भयो । वडा कार्यालय तथा टोलविकास संस्थाहरुसंगको समन्वयमा जनचेतनामुलक, रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई तत्काल अघि बढाइने बताउनु भयो ।

बिर्तामोडमा डेंगु संक्रमितको संख्या ९८ जना पुगेको छ ।यसमध्ये वडा नम्बर ४ का एक बालकको मृत्यु भएको स्वास्थ्य शाखा बिर्तामोडका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालले डेंगुको महामारी अघिल्लो वर्षको तुलनामा यस वर्ष कमी आएको बताउनु भयो । उहाँका अनुसार झापामा १ सय ४७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये बिर्तामोड र दमकमा बढी छ ।

कार्यक्रममा इन्सेफ्लाइटिसको जोखिमका विषयमा पनि जानकारी गराईएको छ ।स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकका अनुसार झापामा ४ जनामा इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ ।जसमध्ये मेचीनगरका १ जनाको मृत्यु भइसकेको छ ।
डेंगु परिक्षणमा ६ सय रुपैयाँ भन्दा बढि शुल्क लिन नपाइने भएकोले नगरपालिकाले सबै स्वास्थ्य संस्थाहरुलाई सचेतसमेत गराएको छ ।

अभिमुखिकरण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, उपसचिब तिलचन भण्डारी, नगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुनिल अधिकारी, सञ्जीवनी हार्ट हस्पिटलका डा. सि.पी यादब, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत विर्तामोड उद्योग वाणिज्य संघ, बिर्तामोडका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...