Susandesh Khabar

बिर्तामोड नगरपालिकाद्वारा उत्कृष्ट शिक्षक पुरस्कृत

 

बिर्तामोड, २ असोज : बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा आज नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहका एक एक जना गरि ३ जना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरुमा माध्यमिक तहबाट महेन्द्ररत्न माध्यमिक विद्यालयका शिक्षक तुलसीराम खरेल, निम्न माध्यमिक तहबाट विरअमरसिंह माध्यमिक विद्यालयका शिक्षक हेमकुमार उप्रेती र प्राथमिक तहबाट जनता प्राथमिक विद्यालयका शिक्षक लक्ष्मीप्रसाद गौतम रहनु भएको छ ।
आवेदन परेका विभिन्न १७ वटा निवेदनमाथि २० वटा सूचकको आधारमा उत्कृष्ट शिक्षक छनोट गरिएको समितिका संयोजक पूर्व उपसचिब युवराज पाण्डेले जानकारी दिनुभयो । ३ सदस्यीय छनोट समितिमा पाण्डेसहित डम्बर बस्नेत र दिनेश आचार्य रहनु भएको थियो ।
संयोजक पाण्डेका अनुसार एक सय पुर्णाङ्कमा खरेल र उप्रेतीले ६८ प्रतिशत र गौतमले ६१.५ प्रतिशत नम्बर प्राप्त गर्नु भएको थियो । शिक्षकहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जनहि नगद ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गर्नु भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले
शिक्षकको मनोवल उच्च बनाउनका लागि यो पुरस्कार तथा सम्मानको व्यवस्था गरिएको बताउनु भयो । उहाँले आगामी वर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले पुरानो पाठ्यक्रम परिवर्तन गर्नु पर्ने भन्दै जीवनउपयोगी र प्राविधिक शिक्षा आजको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य, विभिन्न शिक्षक संगठनका प्रतिनिधि तथा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...