Susandesh Khabar

विजया दशमीको उपलक्ष्यमा प्रेस क्लब स्तरीय फुटबल प्रतियोगिता हुने

 

झापा ।। बुद्धशान्ति प्रेस क्लबको आयोजनामा झापा मिडिया कप २०८१ हुने भएको छ

झापामा लामो समय देखि सञ्चारकर्मी बिच खेल नभएको अवस्थामा प्रेस क्लब बुद्धशान्तिले नेपालीहरुको महान चाड वडादशैँको पावन अवसर पारेर सम्पूर्ण झापाली सञ्चारकर्मीलाई एउटै मैदानमा उपस्थित गराई जिल्ला स्तरीय फुटबल प्रतियोगिता मिडिया कप (प्रेस क्लब स्तरीय) २०८१ गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगितामा झापाका ७ वटा प्रेस क्लबका टिम सहभागी रहनेछन् । मिडिया कपको प्रथम पुरस्कारको रुपमा ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद रु २५ हजार त्यस्तै उपविजेता टिमले पनि ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद रु १५ हजार रहेको बताइएको छ ।

यही मिति २०८१–०६–१७ र १८ गते श्री त्रिभुवन मावि होक्सेको खेलमैदानमा आयोजना गरिने बताइएको छ भने उक्त प्रतियोगिता सम्पन्न गराउन करिब २ लाख ५० हजार रकम खर्च हुने अनुमान गरिएको छ ।

उक्त खेलको खेल तालिका समेत सार्वजनिक भएको छ पहिलो खेलमा आयोजक बुद्ध शान्ति प्रेस क्लबले अर्जुनधारा प्रेस क्लबसँग खेल्ने छ। दोस्रो खेल दमक प्रेस क्लब र मेचीनगर प्रेस क्लब संग खेल्ने छ। तेस्रो खेलमा कनकाई प्रेस क्लब ले भद्रपुर प्रेस क्लब संग खेल्ने छ भने नेपाल खेलकुद पत्रकार मञ्च ,(nsjf)  बाई पाएर सिधै अर्को चरणमा प्रवेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...