Susandesh Khabar

अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित

 

झापा  ।। चार दिनयता पूर्वी तराईसहित झापामा अत्यधिक बढेको तापक्रमका कारण जनजीवन प्रभावित भएको छ। मानिसहरू अत्याधिक गर्मीका कारण ढल्न थालेका छन्।

कनकाईको कोटिहोम क्षेत्रमा आज एकजना बृद्धा अत्यधिक गर्मीका कारण ढलेकी छन् । उनलाई सुरुङ्गा स्वास्थ्य केन्द्रमा लगिएको स्थानीयले बताएका छन् ।

कोटिहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्यामकुटीमा लगेर राखिएको थियो । बुद्धशान्ति गाउँपालिकाबाट आएको बताउने ती बृद्धाको पहिचान खुलिसकेको छैन सैबीच, चार दिनअघि गिरीबन्धु टी इस्टेटनजिक मृत भेटिएकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

बिर्तामोड-६ की ३६ वर्षीया राधिका जोगी एक्कासि ढलेकी थिइन् । अन्य बिरामी भएकी मागिहिँड्ने ती महिला एक्कासि ढलेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

डिएसपी प्रकाश विष्टका अनुसार ती महिलाले मादक पदार्थ सेवन गरेको र चर्कोमा हिडेका कारण बेहोस भई मृत्यु भएको  हुन सक्ने अनुमान गरेको छन।

अत्यधिक गर्मीका कारण झापाको जनजीवन प्रभावित बने सँगै मानिसहरू सितलताको खोजीमा शान्तिनगर बर्ने तिर खोलामा र झापाका  विभिन्न। स्वीमिङ पुल हरुमा डुबुल्की मार्नेको  घुइँचो देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...