Susandesh Khabar

भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको विभत्स हत्या, शव ३० टुक्रा पारेको अवस्थामा फ्रीजभित्र भेटियो

भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको विभत्स हत्या भएको छ । बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एकजना नेपाली महिलाको हत्यापछि शव ३० टुक्रा पारेको अवस्थामा फ्रीजभित्र भेटिएको छ।

हत्या गरिएकी २९ वर्षीय महालक्ष्मी दासको परिवार भने अन्तै बस्दै आएको थियो । शनिबार बेंगलुरुको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रीजमा महालक्ष्मीको शवका अनेक टुक्रा भेटिएका हुन् ।

उनी बसिरहेको  फ्ल्याटबाट दुर्गन्ध फैलिन थालेपछि घरधनीले शनिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । शनिबार दिउँसो ती महिलाका घरधनीले परिवारलाई पनि झिकाएका थिए ।

घरधनीको फोनपछि महालक्ष्मीकी आमा र बहिनी पुगे । उनीहरू पुग्दा महालक्ष्मीको फ्ल्याट अगाडिको ढोका बन्द थियो । ढोका फोडेर पस्दा १६५ लिटरको फ्रीजबाट दुर्गन्धसँगै किरा पनि निस्किएको भेटियो । जब उनीहरूले फ्रीज खोले, त्यहाँको दृश्य देखेपछि दुवैजना ढले ।

फ्रीजको दुर्गन्धले बस्न नसेकपछि घरधनीसहित बाहिर निस्किएका थिए । उनीहरूले तत्कालै प्रहरीलाई झिकाए । त्यसपछि प्रहरीले महिलाका शवका टुक्रा उठाएर पोस्टमार्टमका लागि अस्पताल पठायो ।

प्रहरीका अनुसार बेंगलुरुकै एकवटा सपिङ मलमा काम गर्दै आएकी थिइन् । त्यहाँस्थित व्यालिकभलको पाइपलाइन रोडस्थित भवनको पहिलो तलमा उनको कोठा थियो ।

पाँच महिनादेखि बस्दै आएकी महालक्ष्मीसँग दाजु पनि बस्थे । महालक्ष्मी डिभोर्सी हुन् । उनका पति छोराछोरीसँग भारतमै बस्छन् ।

प्रहरीका अनुसार उनको हत्या सेप्टेम्बर १२ मा भएको हो । पश्चिमाञ्चल डिभिजनका एसपी सतीश कुमारले सेप्टेम्बर १२ मा उनको हत्या भएको बताएका छन् ।

महालक्ष्मीको मोबाइल सेप्टेम्बर १२ देखि बन्द थियो । महालक्ष्मीको परिचितबाटै हत्या भएको आशंका प्रहरीले गरेको छ । घरका कुनै सामन नहराएकाले चोरीको उद्धेश्यबाट भन्दा परिचितबाटै उनको हत्या भएको एसपी सतीशकुमारले बताएका छन् ।

प्रत्यक्षदर्शी र छिमेकीले महालक्ष्मीलाई हरेक बिहान एकजना मानिसले लगेर बेलुका ल्याइदिने गरेको बताएका छन् । एकजना डेलिभरी ब्वाईले उनलाई प्रेम प्रस्ताव गरेको बताइए पनि पुष्टि भएको छैन । अर्को युवकसँग प्रेममा रहेकाले परिवारले पनि महालक्ष्मीलाई त्यागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...