Susandesh Khabar

झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक

 

झापा ।। बुद्धशान्ति प्रेस क्लबले आयोजना गर्ने झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् ।

असोज १७ गते सुरु हुने प्रतियोगिताको तालिका अनुसार उद्घाटन खेलमा आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लबले प्रतिस्पर्धा गर्नेछन् । सोही दिन पहिलो चरणका अन्य ३ खेल हुनेछ ।

जसअन्तर्गत आयोजक कनकाई प्रेस क्लबले भद्रपुर प्रेस क्लबसँग र मेचीनगर प्रेस क्लबले दमक पत्रकार मञ्चसँग खेल खेल्नेछ । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखा भने सिधै बाइ पाएर सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको विजेताले नगद २५ हजार र ट्रफी पाउनेछन् भने उपविजेताले नगद १५ हजार पाउने छन् । घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेस्थित त्रिभुवन माविको खेलमैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...