बिर्तामोड ।। एएफसी यु–२० एसियन कप छनौटतर्फ नेपालले समूह चरणको अन्तिम खेलमा पनि हार बेहोरेको छ । समूह बी मा रहेको नेपालले शुक्रबार (आज ) आफ्नो अन्तिम खेलमा बहराईनसाग् ४–० ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ।
समूह चरणका चार खेलबाट नेपालले ३ अंक मात्र जोड्दै समूह बी को तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्यो । नेपालले खेलेको तीन खेल मध्ये आयोजक चाइनिज ताइपेई विरुद्ध मात्र ३–१ को जित निकालेको थियो ।
त्यसबाहेक आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ र बलियो उज्वेकिस्तानसँग ६–० ले पराजित भएको थियो । यो जितपछि ३ खेलबाट बहराईनको ६ अंक छ र समूहको तेस्रो स्थानमा छ । साथै फाइनल चरणमा प्रवेश गर्ने बहराईनको सम्भावना कायम छ ।
उता एक खेल कम खेलेका उज्वेकिस्तान र कम्बोडिया समान ६–६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् । समूह बी तर्फको अन्तिम खेलहरुमा बहराईनले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ भने सोही दिन कम्बोडियाले ताइपेईसँग खेल्नेछ ।
त्यस्तै आजै हुने अर्को खेलमा उज्वेकिस्तान र चाइनिज ताइपेई भिड्दै छन् । यो खेलमा जित हात पारे उज्वेकिस्तानको फाइनल चरणमा छनौट हुने सम्भावना थप बलियो बन्नेछ ।