Susandesh Khabar

झापाको विभिन्न स्थानमा आएको बाढीले बगाउँदा तीनजना बेपत्ता

बिर्तामोड ।।  लगातारको झरीका कारण आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । कचनकवलको जमुना खोला, गौरीगञ्जको किस्ने खोला र कमल गाउँपालिकाको कृष्णे खोलाले बगाउँदा तीन जना बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी राजमार्गमा पर्ने किस्ने खोलाको पुलबाट हाम फाल्दा गौरीगञ्ज-२ भाकुरमारीस्थित सुकुम्वासी बस्तीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनले पुल माथिबाट शुक्रबार दिउँसो ४ बजे हाम फालेका थिए ।

उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । त्यस्तै कमल गाउँपालिका-१ का मुसे भन्ने रमेश चौधरीको छोरा ३५ वर्षीय टिकाराम चौधरी डुबेर बेपत्ता भएका छन् । शुक्रबार साँझ ७ बजे कमल १ स्थित कृष्णे खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर उनी बेपता भएको प्रहरीले जनाएको छ ।

उनको खोजी कार्य भइरहेको छ । त्यसैगरी कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचूँ राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी छिन् । भारत सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा जमुना खोलामा दिउँसो करिब ३ बजे उनी साइकलसहित बेपत्ता भएको हो । उनी अझै सम्म नभेटिएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...
३ दिने उपबास  प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

३ दिने उपबास प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबा...