Skip to main content

Susandesh Khabar

गणपति बेकरीको तेस्रो शाखा चन्द्रगढीमा खुल्यो

 

बिर्तामोड । झापाको बिर्तामोड बाट आफ्नु सेवा सुरु गरेको  गणपति बेकर्सले आफ्नो तेस्रो शाखा अन्तर्गत झापाको चन्द्रगढीबाट सेवा सुरु गरेको छ।

आज शनिबार पत्रकार सम्मेलन गरी चन्द्रगढी शाखाको बारेमा जानकारी दिइएको हो । ‘फ्रेञ्चाइज मोडेलमा शाखा शुरु गरेका हौं,’ गणपतिका सञ्चालक राजु ढकालले भने । चन्द्रगढी विमानस्थल गेट अगाडी रहेको क्याफे बिडीपी (भद्रपुर)ले गणपतिको फ्रेञ्चाइज लिएको क्याफेका सञ्चालक रियाज ढकालले जानकारी दिए ।

करिब ६० लाखको  लगानीमा  सञ्चालनमा आएको क्याफे नजिकै रहेको चन्द्रगढी  विमानस्थललाई लक्षित गरी खोलिएको सञ्चालकले बताएका छन्। गणपति बेकरीको तेस्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले नेफोलिटाना पिज्जा, कफी, बर्थडे केक आफैँ उत्पादन गरेर ग्राहकलाई  सेवा दिने  सञ्चालक कृपा ढकालले जानकारी दिइन् ।  क्याफेमा बैठक, सभासम्मेलनका लागि हलको समेत सुविधा रहेको र क्याफेबाट फ्रेस केकसमेत डेलिभरीको व्यवस्था रहेको छ ।

सन् २०१२ मा बिर्तामोडमा स्थापित गणपति बेकरी प्रालिले पछिल्लो समय फ्रेञ्चाइज मोडलमा सेवा विस्तार गरिरहेको छ । लिडिङ बेकरी उद्योगको रुपमा आफुलाई स्थापित गर्न सफल गणपतिको यस अघि बिर्तामोडमा (क्याफे बिटीएम) र काँकरभिट्टामा (क्याफे केभिटी) शाखा सञ्चालनमा आइसकेको छ ।

क्याफेको औपचारिक उद्घाटन भने भोलि आइतबार हुने सञ्चालकले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

– सन्दीप तामाङ सेभेन्थ डे एड्भेन्टिस्ट चर्च संसारभर फैलिएको एउटा ख्रीष्टियन सम्प्रदाय हो, जसले बाइबलको शिक्षालाई जीवनको मुख्य आधा...
९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...