Susandesh Khabar

चाडबाड नजिकिएसँगै भारतीय बजारमा किनमेल गर्ने नेपालीको घुइँचो

 

बिर्तामोड असोज १३।। नेपालीहरूको महान चाड दशैं तिहार आउन अब केही समय मात्र बाँकी छ। दसैं तिहार  नजिकिएसँगै सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरु किनमेलका लागि ठूलो संख्यामा भारतीय बजारमा जान थालेका छन्।

झापाको मेची नगरपालिका र भद्रपुर नगरपालिका संग जोडिएको भारतीय बजारमा अहिले चाड पर्वका लागि आवश्यक सामग्री किन्न आउने नेपालीहरुको भीडभाड देखिन्छ। नेपाली बजारमा भन्दा सस्तो मूल्यमा सामान पाइने भएकाले भारतीय बजारको आकर्षण बढेको भारतीय बजार पानी ट्याङ्कीमा सामान किन्न आएका नेपालीहरू को भनाइ छ

किनमेल गर्न सीमावर्ती पानी ट्याङ्की बजार आएकी बिर्ता मोड ५ की बासिन्दा सोनाती चौधरीले सामान सस्तो पर्ने भएकाले भारतीय बजार आएको बताइन्। नजिकिँदै गरेको दशैंको लागि कपडा, श्रृंगारका र अन्य घरायसी सामग्रीहरु नेपाली बजारको तुलनामा भारतीय बजारमा सस्तो पर्छ।

त्यस्तै, अर्का स्थानीय बिनिता उप्रेती पनि नेपालको तुलनामा भारतीय बजारमा सबै सामानहरु सस्तो हुने गरेको बताइन ‘नेपालका बजारमा महँगो छ‚ पैसा नभएको वेलामा थोरै भए पनि बचत होला भनेर सबैजना यहाँ आउँछौँ‚’ उनले भनिन

भारतीय बजार पानी ट्याङ्कीमा दशैँका लागि सँगै नेपाली हरूको

झापाका बजारहरूमा दशैंको चहलपहल खासै देखिँदैन। व्यापारिक केन्द्रहरू बिर्तामोड, धुलाबारी चन्द्रगढी जस्ता बजारहरू सुनसान छन्। तर भारतीय बजारहरूमा चहलपहल बेग्लै छ। भारतीय बजार पानी पानी ट्याङ्की, नक्सल, गलगलिया पुग्दा साँच्चै दशैं आएको आभास हुन्छ। दशैंका लागि लत्ता कपडा र खाद्यान्न किन्नका लागि त्यहाँ पुगेका नेपालीहरूको भिड देखिन्छ। भारतीय बजारका व्यापारीहरुले पनि नेपाली उपभोक्तालाई उत्साहपूर्वक प्रतीक्षा गरेको देखिन्छ। भारतीय व्यापारी सुनिल अग्रहरीले अरु समयभन्दा चाड पर्व नजिकिएसँगै भीडभाड बढेको बताउँछन्।

नेपाल-भारत सीमा क्षेत्रमा रहेको भारतीय बजार पानी ट्याङ्कीमा नेपाली चाड पर्व दसैं तिहारलाई ध्यानमा राख्दै व्यापारीहरुले विशेष छुट र आकर्षक अफरहरु ल्याएका छन्। सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली उपभोक्ताले यसलाई अवसरका रुपमा लिएका छन्।

झापा मोरङ सुनसरी इलाम पाँचथर लगायत जिल्लाबाट पनि चाडबाडको बेला सामान लिन यहाँ आउने गर्छन्।

दसैं तिहार पर्व नजिकिएसँगै नेपाली उपभोक्ताहरुको भारतीय बजारप्रतिको आकर्षण र सीमा क्षेत्रमा देखिएको चहलपहलले चाडबाडको रौनक अझ बढाएको छ। यता नेपाली बजारमा भने  सोचेअनुरुप व्यापार नभएको व्यापारीहरु बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...