Susandesh Khabar

राजनीति

०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने ,अध्यक्ष प्रचण्डको भनाई

०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने ,अध्यक्ष प्रचण्डको भनाई

  काठमाडौँ, साउन १३ ।। माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने बताएका छन्। जारी पार्टी पदाधिकारी बैठकमा यही योजनाका साथ छलफल भइरहेको उनको भनाइ छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा ०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्त्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ,’ उनले भने। निवर्तमान प्रधानमन्त्री प्रचण्डले १८ महिना सरकारको नेतृत्वमा रहँदा…
Read More
काेशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

काेशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

  विराटनगर– काेशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारमा सामेल मन्त्रीहरूले शुक्रबार दिउँसो मुख्यमन्त्री हिम्मत कार्कीलाई राजीनामा बुझाएका छन् । यससँगै माओवादी केन्द्र अब प्रतिपक्ष बनेको छ। केन्द्रमा नयाँ गठबन्धन बनेर सबैतिर विपक्षमा धकेलिए पनि माओवादी कोशी सरकारमा बसिरहेको थियो । कोशी सरकारमा बस्ने राजनीतिक र नैतिक आधार गुमाइसकेर पनि सरकारमा बसिरहेको भन्दै माओवादी भित्रैबाट चर्को असन्तोष थियो । केन्द्रमा नयाँ गठबन्धन बनेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल सत्ताच्यूत बनिसक्दा पनि कोशी सरकारमा अझै बसिरहने लोभ देखाएका माओवादी मन्त्रीहरूले ‘आफूले बनाएको सरकार किन छाड्नु’ भन्दै सान्त्वना दिने गरेका थिए । गत वैशाख २७ मा बनेको कार्की नेतृत्वको…
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने

  काठमाडौँ साउन ६॥ प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ । प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेसका ८८, एमालेका ७८, अशोक राई नेतृत्वको जसपाका…
Read More
सरकारलाई विश्वासको मत नदिन तीन दल सहमत

सरकारलाई विश्वासको मत नदिन तीन दल सहमत

  काठमाडौं साउन  ४॥  प्रतिपक्षी तीन दल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारलाई विश्वासको मत नदिन सहमत देखिएका छन्। शुक्रबार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका नेताहरूबीच सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएकाे थियाे।बैठकमा वर्तमान सरकारलाई विश्वासको मत नदिन तीनै दलका नेता सहमत देखिएकाे माओवादीका एक नेताले जनाकारी दिए। बैठकमा सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्नेबारे पनि सहमति भएको उनले जनाए। प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत…
Read More
केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त

केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त

  काठमाडौं– नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्  । उनलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त  गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२ं) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको बताइएको छ ।उनले प्रधानमन्त्री नियुक्त भएपछि फेसबुकमा लेखेका छन् । ‘सबैमा सम्मान । सबैलाई धन्यवाद दिएका छन। उनले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा  प्रधानमन्त्रीको दाबी पेस गरेका थिए । उनको शपथ भोलि ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीको यो प्रधानमन्त्रीको चौथो कार्यकाल हो ।    
Read More
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

  एजेन्सी।। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । र्‍यालीमा उपस्थित व्यक्तिसँगै एक बन्दुकधारीको पनि मृत्यु भएको थियो । पेन्सिल्भेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको र्‍यालीमा भएको घटनाको सन्दर्भमा, सीबीएस न्यूजले अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले गोलीबारी लगत्तै ट्रम्पलाई स्टेजबाट बाहिर निकालेको बताएको छ । गोली लागे पनि डोनाल्ड ट्रम्प सुरक्षित नै छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ट्रम्पको कानबाट रगत बगिरहेको देख्न सकिन्छ ।    
Read More
सरकारमा दाबी पेश गर्न शीतल निवास पुगे ओली–देउवा

सरकारमा दाबी पेश गर्न शीतल निवास पुगे ओली–देउवा

  काठमाडौं  असार २८॥ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएसगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ सरकार गठनका लागि दाबी पेश गर्न शीतल निवास पुगेका छन् । उनीहरु शुक्रबार राति सव ९ बजे बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलहरूलाई आह्वान गरेका छन् । पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका…
Read More
विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

  काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा विश्वासको मत पाउन असफल भएका छन्। प्रधानमन्त्री दाहाललाई ६३ जना सांसदले मात्रै विश्वासको मत दिए। विश्वासको मतको विपक्षमा १९४ सांसदले मतदान गरे। एक जना तटस्थ बसे। आजको बैठकमा २५८ जना सांसद उपस्थित थिए। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ। विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएक हुन। एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । समर्थन फिर्ता लिएर नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री…
Read More
एमाले सरकारबाट बाहिरिदै

एमाले सरकारबाट बाहिरिदै

    काठमाडौं असार १९।।  नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले आज सरकार छोड्ने भएको हो । यस अघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । कांग्रेससँग नयाँ सरकार बनाउने सहमति भएको भन्दै एमालेले आजसम्मको समय दिएर प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । एमालेले आजै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ । प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर…
Read More
प्रधानमन्त्री  प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं  असार १८॥ नेपाली कांग्रेस एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएपछि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उक्त भेटवार्तामा ओलीले प्रचण्डलाई सरकारबाट राजीनामा दिएर नयाँ समीकरणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। ओलीलाई प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘प्रचण्डजी तपाईं राष्ट्रिय नायक हो । राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्, हामी नयाँ सरकार बनाएर देखाउने छौँ।’ ओलीले प्रचण्डलाई नेपाली जनताको आवश्यकता र महत्वका आधारमै नयाँ समीकरण बनेको बताउँदै यसले संविधानका नराम्रा पक्षलाई सुधारेर निर्वाचन प्रणालीलाई सापेक्ष बनाएर लैजाने बताएका थिए । जवाफमा प्रचण्डले आफूले संविधानअनुसार ३० दिनभित्रमा विश्वासको…
Read More