Susandesh Khabar

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन,

उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भाषाको दोहोरी गीत हो म्हेन्दोमाया (फुलमाया) नुवाकोट,धादिङ रसुवाको संगम स्थलको रुपमा रहेको प्राकृतिक,सास्कृती,धार्मिक महत्त्व बोकेको धार्मिक स्थल सिङ्ल्हामा बिगतका बर्षहरु मा झै जनैपूणिर्माको दिन साउन २३ र २४ गते झाक्री मेला लागेको अवसरमा जम्बुलिङ फिल्म्स परिवारको आयोजनामा चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा भाग लिनका लागि समूह दर्ता शुल्क रु,४,००० हजार
रहेको छ भने प्रथम पुरस्कर रु,२५,००० हजार नगद र प्रमाणपत्र दितिय पुरस्कर रु,१५,००० हजार नगद र प्रमाणपत्र तितृय पुरस्कर रु,१०,००० हजार नगद र प्रमाणपत्र रहेको आयोजकले जानकारी दिनु भएको छ । प्रतियोगिताको पहिलो दिन नुवाकोट किस्पाङ गाउँ पालिकाको खर्क रुप्चेतमा हुनेछ भने तामाङ समुदाय भित्र लुकेर राहेका कला र गलाको खोज अनुसन्धान गरि विश्व सामु चिनाउने हेतुका साथ यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । यस्ता कार्यक्रमहरु बिगतमा म्हेन्दोमाया कलाकार समुहको सस्थाले गरिएको थियो भने यसपाली जम्बुलिङ फिल्म्स प्राली परिवारले गर्ने भएको छ। तिनै वटा स्थानीय सरकार भएको र तिनै वटा जिल्लाको सिमनामा रहेको सिङ्ल्हा म्हाने धार्मिक स्थल सरक्षण र प्रवर्द्धनमा निकै पछि परेको देखिन्छ । सिङ्ल्हा म्हानेको दर्शन गरेमा,भाकल र पुजा गरेमा मनले चेताएको पूरा हुने,इच्छा आकाङ्क्षा पुरा हुने,निसान्तन हुनेहरुलाइ सान्तन हुने,रोगि बिरामीहरु निको हुने जनविस्वास रहेको छ । जनैपूणिर्माको दिन यो ठाउमा सायौको भिडमा झाक्रीहरु,लामागुरु हरु र लाखौको भिडमा दर्शन गर्नेहरुको घुइँचो लाग्ने गरिन्छ । यस्तो महत्व बोकेको ठाउको लागि सरकार मौन रहेको छ भने, यस्तै खोज मुलक कार्यक्रमहरुको आयोजना गर्ने सस्थाहरुलाइ अहिलेसम्म न स्थानीय सरकार ,न प्रदेश सरकार न केन्द्र सरकारले नै सहयोग गरेको पाइन्छ । आफ्नै लगानीमा कार्यक्रम हरु गरि अतिथी बोलाएर आउदा खेरी जनप्रतिनिधिहरुले देखाएको आस आसा मै सिमित रहेको यथार्थ भोगाइ हुदा पनि आफ्नै गाउँ ठाउमा रहेको धार्मिक स्थल र आफ्नै कला र गलाको उजागर गर्दै अगाडी बढाउनु पर्छ भन्ने सन्देशका साथ कार्यक्रम हुने गरेकोले उक्त कार्यक्रममा उपस्थिति भइ कार्यक्रम सफल गराइदिनु हुन मुल आयोजक समिती परिवार अपिल गर्दै जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

सन्दिप, बागमति प्रदेशको राजधनी हेटौंडा स्थित ड्राइभर डाडामा १०० दिने ३० औ ब्याचको बाइबल सेमिनार तालिम शनिबार एक कार्यक्रमका सा...

त्रिशुली नदिमा बस खस्दा १७ जनाको मृत्यु

पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस गए राती धादिङको बेनीघाट रोराङको चरौदि नजिकै दुर्घटना हुदा १७ जनाको घटनास्...
धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा धादिङ क्षेत्र नं–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट प्राप्त गरेका उम्मेदवार राम...
बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...