Skip to main content

Susandesh Khabar

धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा धादिङ क्षेत्र नं–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट प्राप्त गरेका उम्मेदवार रामबहादुर भण्डारीले जनता भेटघाट अभियान सुरु गर्ने भएका छन्। उक्त अभियान माघ २५ गते आइतबार बिहान ८ बजे नीलकण्ठ नगरपालिका–९ स्थित गोला भञ्ज्याङबाट औपचारिक रूपमा उद्घाटन गरी अघि बढाइने जानकारी भण्डारीले दिएका छन्।
गोला भञ्ज्याङबाटै अभियानको शुभारम्भ गर्नुलाई अर्थपूर्ण र भावनात्मक निर्णयका रूपमा हेरिएको छ। जनयुद्धको समयमा सोही स्थानमा शाही नेपाली सेनाले गोली हानेर मृत ठानेर मकैबारीमा फालेका भण्डारीलाई स्थानीय बासिन्दाले जीवित अवस्थामा फेला पारेर हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्‍याएका थिए। स्थानीयको सक्रियताकै कारण उनको ज्यान जोगिएको थियो।
उक्त घटनालाई आफ्नो जीवनको टर्निङ प्वाइन्टका रूपमा स्मरण गर्दै भण्डारीले त्यही ऐतिहासिक र संघर्षपूर्ण स्थानबाट जनता भेटघाट अभियान सुरु गर्ने निर्णय गरेको बताए। “यो ठाउँ मेरो पुनर्जन्म जस्तै हो, यहाँका जनताप्रति म सधैं ऋणी छु,” उनले भने।
अभियानअन्तर्गत भण्डारीले क्षेत्र नं–२ का विभिन्न गाउँ तथा बस्तीमा पुगेर स्थानीयको समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष संवाद गर्ने, साथै आफ्नो राजनीतिक प्रतिबद्धता र विकास योजनाबारे जानकारी गराउने कार्यक्रम रहेको जनाइएको छ।
निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको यस अभियानले स्थानीयस्तरमा थप राजनीतिक चासो र चर्चा सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

– सन्दीप तामाङ सेभेन्थ डे एड्भेन्टिस्ट चर्च संसारभर फैलिएको एउटा ख्रीष्टियन सम्प्रदाय हो, जसले बाइबलको शिक्षालाई जीवनको मुख्य आधा...
९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...