सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भाषाको दोहोरी गीत हो म्हेन्दोमाया (फुलमाया) नुवाकोट,धादिङ रसुवाको संगम स्थलको रुपमा रहेको प्राकृतिक,सास्कृती,धार्मिक महत्त्व बोकेको धार्मिक स्थल सिङ्ल्हामा बिगतका बर्षहरु मा झै जनैपूणिर्माको दिन साउन २३ र २४ गते झाक्री मेला लागेको अवसरमा जम्बुलिङ फिल्म्स परिवारको आयोजनामा चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा भाग लिनका लागि समूह दर्ता शुल्क रु,४,००० हजार रहेको छ भने प्रथम पुरस्कर रु,२५,००० हजार नगद र प्रमाणपत्र दितिय पुरस्कर रु,१५,००० हजार नगद र प्रमाणपत्र तितृय पुरस्कर रु,१०,००० हजार नगद र प्रमाणपत्र रहेको आयोजकले जानकारी दिनु भएको छ ।…