Susandesh Khabar

SDA चर्च नेपालद्वारा सर्लाहीमा २ सय घरधुरीलाई निःशुल्क झुल वितरण

सर्लाही, विजयपुर / संवाददाता

Seventh Day Adventist (SDA) चर्च नेपालले सर्लाही जिल्लाको विजयपुर नगरपालिका–८ र ९ मा रहेका दुई बस्ती—खोरिया टोल र लक्ष्मीनिया टोल—का करिब २०० घरधुरीलाई निःशुल्क झुल वितरण गरेको छ।

गर्मी यामसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु र मलेरिया रोगको जोखिम बढेको सन्दर्भमा जनस्वास्थ्य सुरक्षा अभियानस्वरूप झुल वितरण गरिएको हो। कार्यक्रम SDA चर्च नेपालका केन्द्रीय अध्यक्ष तथा संस्थाका निर्देशक पास्टर डा. सिलास दिन दियलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

झुल वितरण गर्दै अध्यक्ष डा. दियलले लामखुट्टेको टोकाइबाट हुने डेंगु, मलेरिया जस्ता रोगहरूले ज्यानै जाने खतरा रहने हुँदा बचावका उपायस्वरूप यस्ता सामग्री वितरण गरिएको जानकारी दिनुभयो। उहाँले SDA चर्च नेपालको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरू निरन्तर भइरहेका र भविष्यमा पनि जारी रहने बताउनुभयो।

SDA चर्च नेपालले विगतमा पनि बाढी, पहिरो, भूकम्प, कोरोना महामारीजस्ता आपत्कालीन अवस्थाहरूमा राहत, सहयोग र प्रार्थना अभियान सञ्चालन गर्दै आएको छ। साथै समाजका दु:खी, गरिब तथा पछाडि पारिएका बालबालिकाहरूलाई शिक्षा पहुँच गराउने कार्यमा पनि चर्च सक्रिय रहँदै आएको छ।

SDA चर्च नेपालको नीति नै आत्मिक र सामाजिक सेवामा समर्पित हुने भएकाले देशका विभिन्न संकटको समयमा सहयोगको हात फैलाइरहेको चर्चको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...