Skip to main content

Susandesh Khabar

SDA चर्च नेपालद्वारा सर्लाहीमा २ सय घरधुरीलाई निःशुल्क झुल वितरण

सर्लाही, विजयपुर / संवाददाता

Seventh Day Adventist (SDA) चर्च नेपालले सर्लाही जिल्लाको विजयपुर नगरपालिका–८ र ९ मा रहेका दुई बस्ती—खोरिया टोल र लक्ष्मीनिया टोल—का करिब २०० घरधुरीलाई निःशुल्क झुल वितरण गरेको छ।

गर्मी यामसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु र मलेरिया रोगको जोखिम बढेको सन्दर्भमा जनस्वास्थ्य सुरक्षा अभियानस्वरूप झुल वितरण गरिएको हो। कार्यक्रम SDA चर्च नेपालका केन्द्रीय अध्यक्ष तथा संस्थाका निर्देशक पास्टर डा. सिलास दिन दियलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

झुल वितरण गर्दै अध्यक्ष डा. दियलले लामखुट्टेको टोकाइबाट हुने डेंगु, मलेरिया जस्ता रोगहरूले ज्यानै जाने खतरा रहने हुँदा बचावका उपायस्वरूप यस्ता सामग्री वितरण गरिएको जानकारी दिनुभयो। उहाँले SDA चर्च नेपालको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरू निरन्तर भइरहेका र भविष्यमा पनि जारी रहने बताउनुभयो।

SDA चर्च नेपालले विगतमा पनि बाढी, पहिरो, भूकम्प, कोरोना महामारीजस्ता आपत्कालीन अवस्थाहरूमा राहत, सहयोग र प्रार्थना अभियान सञ्चालन गर्दै आएको छ। साथै समाजका दु:खी, गरिब तथा पछाडि पारिएका बालबालिकाहरूलाई शिक्षा पहुँच गराउने कार्यमा पनि चर्च सक्रिय रहँदै आएको छ।

SDA चर्च नेपालको नीति नै आत्मिक र सामाजिक सेवामा समर्पित हुने भएकाले देशका विभिन्न संकटको समयमा सहयोगको हात फैलाइरहेको चर्चको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

– सन्दीप तामाङ सेभेन्थ डे एड्भेन्टिस्ट चर्च संसारभर फैलिएको एउटा ख्रीष्टियन सम्प्रदाय हो, जसले बाइबलको शिक्षालाई जीवनको मुख्य आधा...
९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...