सर्लाही, विजयपुर / संवाददाता Seventh Day Adventist (SDA) चर्च नेपालले सर्लाही जिल्लाको विजयपुर नगरपालिका–८ र ९ मा रहेका दुई बस्ती—खोरिया टोल र लक्ष्मीनिया टोल—का करिब २०० घरधुरीलाई निःशुल्क झुल वितरण गरेको छ। गर्मी यामसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु र मलेरिया रोगको जोखिम बढेको सन्दर्भमा जनस्वास्थ्य सुरक्षा अभियानस्वरूप झुल वितरण गरिएको हो। कार्यक्रम SDA चर्च नेपालका केन्द्रीय अध्यक्ष तथा संस्थाका निर्देशक पास्टर डा. सिलास दिन दियलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। झुल वितरण गर्दै अध्यक्ष डा. दियलले लामखुट्टेको टोकाइबाट हुने डेंगु, मलेरिया जस्ता रोगहरूले ज्यानै जाने खतरा रहने हुँदा बचावका उपायस्वरूप यस्ता सामग्री वितरण गरिएको जानकारी दिनुभयो। उहाँले SDA चर्च नेपालको…