Susandesh Khabar

प्रमुख समाचार

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २८औँ दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता **एस.डि.ए. चर्च नेपालका केन्द्रीय अध्यक्ष एवम् निर्देशक डा. सिलास दिन दियल (शैलेस)**ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व नेपाल सेक्सनका अध्यक्ष वरिष्ठ पास्टर डेबिट ताम्साङ, विशिष्ट अतिथि एस.डि.ए. चर्च नेपाल बागमती प्रदेश अध्यक्ष वरिष्ठ पास्टर शमुएल शर्मा, विशेष अतिथि बागमती प्रदेश वरिष्ठ सल्लाहकार वरिष्ठ पास्टर जीवन शाहलगायत विभिन्न जिल्लाका चर्चका अध्यक्ष, प्रतिनिधि, विभिन्न मण्डलीका पास्टर, अगुवा, तालिमका प्रशिक्षक–प्रशिक्षिका, २३ जना विद्यार्थी तथा अभिभावकहरुको विशेष उपस्थिति रहेको थियो। सो ३ महिनाको निशुल्क बाइबल अध्ययन…
Read More
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगुवाहरूलाई बाइबल अध्ययन र शिक्षामा अझ सशक्त बनाउने रहेको आयोजकले जनाएका छन्। तालिममा विभिन्न चर्च र मण्डली सम्प्रदायबाट आएका २६ जना पास्टर अगुवाहरूले सहभागिता जनाएका थिए। तीनदिने उक्त तालिममा सहभागीहरूले बाइबलको गहिरो अध्ययन, आत्मिक नेतृत्व, शिक्षण शैली लगायतका विषयमा ज्ञान प्राप्त गरेका थिए। SDA चर्च नेपालका केन्द्रिय अध्यक्ष डा. सिलास दिन दियलले सहभागीहरूलाई प्रशिक्षण दिनुका साथै बाइबल अध्ययनको महत्वमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रम आशिषमय भएको सहभागी पास्टर अगुवाहरूले बताए। उनीहरूले तालिमले आफ्नो आत्मिक जीवनमा नयाँ ऊर्जा मिलेको अनुभूति गर्दै धन्यवाद ज्ञापन…
Read More
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने भएको छ। संघको जिल्ला समिति गठन कार्यक्रम यही श्रावण १६ गते (बुधवार) बिहान १० बजे गजुरी गाउँपालिका–१, रुम्बा होटलको सभाहलमा हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रमका प्रमुख अतिथि धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ रहनुहुनेछ। कार्यक्रमबारे जानकारी गराउँदै आयोजक समितिका केन्द्रीय सदस्य तथा संघका गुरु जयराम थिङ तामाङले सबै खेलप्रेमी तथा खेलाडीहरूलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन अनुरोध गर्नुभएको छ।
Read More
SDA चर्च नेपालद्वारा सर्लाहीमा २ सय घरधुरीलाई निःशुल्क झुल वितरण

SDA चर्च नेपालद्वारा सर्लाहीमा २ सय घरधुरीलाई निःशुल्क झुल वितरण

सर्लाही, विजयपुर / संवाददाता Seventh Day Adventist (SDA) चर्च नेपालले सर्लाही जिल्लाको विजयपुर नगरपालिका–८ र ९ मा रहेका दुई बस्ती—खोरिया टोल र लक्ष्मीनिया टोल—का करिब २०० घरधुरीलाई निःशुल्क झुल वितरण गरेको छ। गर्मी यामसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु र मलेरिया रोगको जोखिम बढेको सन्दर्भमा जनस्वास्थ्य सुरक्षा अभियानस्वरूप झुल वितरण गरिएको हो। कार्यक्रम SDA चर्च नेपालका केन्द्रीय अध्यक्ष तथा संस्थाका निर्देशक पास्टर डा. सिलास दिन दियलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। झुल वितरण गर्दै अध्यक्ष डा. दियलले लामखुट्टेको टोकाइबाट हुने डेंगु, मलेरिया जस्ता रोगहरूले ज्यानै जाने खतरा रहने हुँदा बचावका उपायस्वरूप यस्ता सामग्री वितरण गरिएको जानकारी दिनुभयो। उहाँले SDA चर्च नेपालको…
Read More
seventh day adventist church नेपाल SDA को २ दिने तालिम सम्पन्न

seventh day adventist church नेपाल SDA को २ दिने तालिम सम्पन्न

सन्दिप स्याम्चेन, seventh day adventist church नेपाल sda को दुई दिने बाइबल अध्ययन तथा अन्तरक्रीया कार्यक्रम काभ्रे जिल्लाको नगरकोटमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा sda church नेपालका केन्द्रिय अध्यक्ष डाक्टर शैलेस दिन दियल (सिलाश ) ज्युको प्रमुख अतिथी र प्रमुख वक्त रहेको थियो । बाइबल अध्ययन सम्बन्धि बाइबलिया तालिम गराइएको थियो सम्पुर्ण ख्रीस्टियन समुदायका विस्वासीहरुले बाइबल सम्बन्धि ज्ञान हुनु बाइबलिय शिक्षा अनिवार्य हुनु लगायत बाइबल सम्बन्धि सबल जवाफ र अन्तरक्रीया छलफल भएको थियो । sda church नेपालले बाइबललाई मुख्य आधार मानी शिक्षा दिइरहेको र विशेष गरि येशु ख्रीस्ट्लाइ पछ्याउने व्यक्तिहरु ख्रीस्ट जस्तै भएर जिउनु पर्छ भनी शिक्षा दिदै आइरहेको छ…
Read More
सिङ्ल्हा महोत्सवको तयारी अन्तिम अवस्थामा

सिङ्ल्हा महोत्सवको तयारी अन्तिम अवस्थामा

सन्दिप स्याम्चेन धादिङ ,उत्तरी धादिङको रुबिभ्याली,खनियाबास गाउँ पालिका र छिमेकी जिल्ला नुवाकोटको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थाल सिङ्ल्हा म्हानेमा हुने २ दिने सिङ्ल्हा महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको महोत्सव संयोजक मङ्गा बहादुर तामाङले जानकारी गरायो। सिङ्ल्हा म्हाने पर्यटकिय धार्मिक तथा ऐतिहासिक स्थल भएकाेले त्यहाँ स्थानिय संस्कृतिकाे प्रचारप्रसार नै मुख्य उद्देश्य रहेकाे तामाङले बताउनुभयाे । हालसम्म प्रथम सिङ्ला पर्यटन मेला २०८२ काे तयारी ९० प्रतिशत सम्पन्न भएकाे र २६ गते सम्ममा सबै तयारी पुराहुने आयाेजकले जनाएकाे छ ।  
Read More
निलकण्ठ क्याम्पस स्ववियु सभापतिमा ईश्वरि प्रसाद आचार्यको उम्मेदवारी घोषणा

निलकण्ठ क्याम्पस स्ववियु सभापतिमा ईश्वरि प्रसाद आचार्यको उम्मेदवारी घोषणा

सन्दिप स्याम्चेन धादिङ । धादिङको निलकण्ठ नगर पालिका-३ मा रहेको निलकण्ठ बाहुमुखि क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन क्रान्तिकारि संघठनको तर्फबाट ईश्वरि प्रसाद आचार्यले सभापति पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन । सम्पुर्ण निलकण्ठ बहुमुखी क्याम्पसमा अध्यनरत विध्यार्थीहरुलाइ नयाँ नेतृत्व चयन गर्न अग्रह समेत गरेका छन । शैक्षिक रूपान्तरणकाे लागि म अखिल क्रन्तिकारी भन्ने मुल नाराकाे साथ आफुले सम्पुर्ण विद्यार्थीहरूकाे हक हितमा आवाज वुलन्द गर्न पनि आफुले उम्मेदवारी दिएकाे आचार्यले वताउनुभयाे । (more…)
Read More
बिपी राजमार्ग भोलिदेखि खुल्ने

बिपी राजमार्ग भोलिदेखि खुल्ने

काठमाण्डौ। २४ असोज।। असोज दोस्रो हप्ता परेको अविरल वर्षाका कारण बन्द गरिएको बिपी राजमार्ग भोलिदेखि खुल्ने भएको छ । बाढीपहिरोले धेरै भाग बगाएका कारण आवतजावतमा समस्या देखिएपछी बन्द गरिएको उक्त राजमार्ग भोलिदेखि बाटोको अवस्था हेरेर एकतर्फी वा दुईतर्फी खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिएका हुन्। उनका अनुसार पर्वमा पनि बिहानैदेखि जनशक्ति र मेसिनहरु सडक बनाउन खटिएर आज रातभरी र भोलि बिहान केहीबेर काम गरेर सडक खुलाइने छ।
Read More
फरवार्डको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

फरवार्डको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अर्जुनधारा।२३ असोज ।।अर्जुनधारा नगरपालिका वडा नम्बर ८ मा रहेको फरवार्ड एजुकेशन फाउण्डेशन झापा प्रा.लि.ले नेपालीहरूको साझा चार्ड दशैं, तिहार, नेपाल सम्वत् ११४५ र छठ पर्व २०८१को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । फरवार्डको कार्यालयमा संस्थाका प्रबन्ध निर्देशक इन्द्रप्रसाद गिरीको अध्यक्षतामा तथा अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि उप्रेतीले उद्घाटन गरेको कार्यक्रममा संस्थापक गिरीले संस्थाको वर्तमान अवस्था र भावी रणनीति बारे जानकारी गराएका थिए। कार्यक्रममा आइइएलटीएस कक्षा प्रमुख हेमन्तराज घिमिरे, जापानिज भाषा प्रमुख श्रीकृष्ण भट्टराई, कोरियन भाषा प्रमुख गोविन शर्मा तिम्सिना, कम्प्युटर प्रशिक्षक इन्द्रकुमार रामलगायतले शुभकामना मन्तव्य राखेका थिए।संस्थाका सल्लाहकार अमित खम्बूले…
Read More
अभिभावक नभएको  समयमा ताप्लेजुङको एक घरमा आगलागी

अभिभावक नभएको समयमा ताप्लेजुङको एक घरमा आगलागी

ताप्लेजुङमा गए राति एक घर आगलागी हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको छ। जिल्लाको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङमा भएको आगलागीबाट ५ लाख मूल्य बराबरको क्षति भएको हो। ताप्लेजुङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार हाङपाङ गैरीगाउँ बस्ने दुर्गाबहादुर आङवुहाङको ढुङ्गा,माटो र बाँससहितले बनेको एकतले घरमा आगलागी भएको हो। घरका अभिभावक नभएको र बच्चाहरू मात्र रहेको समयमा आगलागी भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन। आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको जानकारी प्राप्त भएको समेत प्रहरीले बताएको छ।
Read More