Susandesh Khabar

ताजा खबर

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २८औँ दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता **एस.डि.ए. चर्च नेपालका केन्द्रीय अध्यक्ष एवम् निर्देशक डा. सिलास दिन दियल (शैलेस)**ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व नेपाल सेक्सनका अध्यक्ष वरिष्ठ पास्टर डेबिट ताम्साङ, विशिष्ट अतिथि एस.डि.ए. चर्च नेपाल बागमती प्रदेश अध्यक्ष वरिष्ठ पास्टर शमुएल शर्मा, विशेष अतिथि बागमती प्रदेश वरिष्ठ सल्लाहकार वरिष्ठ पास्टर जीवन शाहलगायत विभिन्न जिल्लाका चर्चका अध्यक्ष, प्रतिनिधि, विभिन्न मण्डलीका पास्टर, अगुवा, तालिमका प्रशिक्षक–प्रशिक्षिका, २३ जना विद्यार्थी तथा अभिभावकहरुको विशेष उपस्थिति रहेको थियो। सो ३ महिनाको निशुल्क बाइबल अध्ययन…
Read More
बिपी राजमार्ग भोलिदेखि खुल्ने

बिपी राजमार्ग भोलिदेखि खुल्ने

काठमाण्डौ। २४ असोज।। असोज दोस्रो हप्ता परेको अविरल वर्षाका कारण बन्द गरिएको बिपी राजमार्ग भोलिदेखि खुल्ने भएको छ । बाढीपहिरोले धेरै भाग बगाएका कारण आवतजावतमा समस्या देखिएपछी बन्द गरिएको उक्त राजमार्ग भोलिदेखि बाटोको अवस्था हेरेर एकतर्फी वा दुईतर्फी खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिएका हुन्। उनका अनुसार पर्वमा पनि बिहानैदेखि जनशक्ति र मेसिनहरु सडक बनाउन खटिएर आज रातभरी र भोलि बिहान केहीबेर काम गरेर सडक खुलाइने छ।
Read More
फरवार्डको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

फरवार्डको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अर्जुनधारा।२३ असोज ।।अर्जुनधारा नगरपालिका वडा नम्बर ८ मा रहेको फरवार्ड एजुकेशन फाउण्डेशन झापा प्रा.लि.ले नेपालीहरूको साझा चार्ड दशैं, तिहार, नेपाल सम्वत् ११४५ र छठ पर्व २०८१को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । फरवार्डको कार्यालयमा संस्थाका प्रबन्ध निर्देशक इन्द्रप्रसाद गिरीको अध्यक्षतामा तथा अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि उप्रेतीले उद्घाटन गरेको कार्यक्रममा संस्थापक गिरीले संस्थाको वर्तमान अवस्था र भावी रणनीति बारे जानकारी गराएका थिए। कार्यक्रममा आइइएलटीएस कक्षा प्रमुख हेमन्तराज घिमिरे, जापानिज भाषा प्रमुख श्रीकृष्ण भट्टराई, कोरियन भाषा प्रमुख गोविन शर्मा तिम्सिना, कम्प्युटर प्रशिक्षक इन्द्रकुमार रामलगायतले शुभकामना मन्तव्य राखेका थिए।संस्थाका सल्लाहकार अमित खम्बूले…
Read More
प्रभु बैंक बिर्तामोडका एक कर्मचारीका कारण ग्राहककाे बचत जोखिममा।

प्रभु बैंक बिर्तामोडका एक कर्मचारीका कारण ग्राहककाे बचत जोखिममा।

बिर्तामोड ।झापामा एक बैंकका कर्मचारीका कारण बचतकर्ताले बचत गरेको लाखौं रूपया जोखिममा परेको छ। कुरा हो बिर्तामोड नगरपालिका –७ स्थित नेपाल चोककी मञ्जुकुमारी नेपालले बैंकमा बचत गरेको रकम को। उनले बिर्तामोडस्थित प्रभु बैंकमा जम्मा गरेको रकम बराबरको पैसा निकाल्न जाँदा बैंकको खातामा नरहेको खुलेसँगै उनको पैसा जोखिममा परेको हो । प्रभु बैंकका मार्केटिङ अफिसर प्रमोद सिटौलाले बैंकमा रकम जम्मा गर्ने भन्दै नेपालबाट रकम लगेको खुलेको छ । सिटौलाले पटकपटक रकम जम्मा भएको भौचरहरु दिए पनि सिष्टम बिग्रिएको भन्दै मोबाइलमा म्यासेज नआउन गरेको बताउने गरेका थिए । मार्केटिङ अफिसर सिटौलाले बैंकमा जम्मा भएका स्टेटमेन्टहरु दिए पनि बैंकमा बुझ्न जाँदा जम्मा दुई…
Read More
सार्वजनिक शौचालय निर्माणका लागी जग्गा पहिचान गर्न  समिति गठन

सार्वजनिक शौचालय निर्माणका लागी जग्गा पहिचान गर्न समिति गठन

बिर्तामोड, साउन १५ : बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्ने उद्देश्यले लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न एक जना अमिनसहित चार सदस्यीय जग्गा पहिचान समिति गठन गरेको हो । वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेको संयोजकत्वमा वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल सदस्य रहनेगरि समिति गठन गरीएको हो। आगामी भदौ मसान्तभित्रमा जग्गा पहिचान गरि प्रतिवेदन पेश गर्ने गरि समिति गठन गरीएको नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो ।बिर्तामोडमा अहिलेसम्म…
Read More
सौर्य जहाज दुर्घटना,  क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने

सौर्य जहाज दुर्घटना, क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने

  काठमाडौँ —सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने बताएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेकै अगाडि उनीहरूले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान लिएका हुन् । विहीबार दिउँसो अस्पतालम मन्त्री पाण्डे, सौर्य एयरलाइन्सका एकाउन्टेबल म्यानेजर गोपाल भट्टराई र परिवारका आफन्तबीच छलफल भएको थियो । छलफलका क्रममा एयरलाइन्सका प्रतिनिधि भट्टराईले 'रिजनेबल' क्षतिपूर्ति दिइने जनाए पनि रकम खुलाउन सकेनन् । मृतकका आफन्तले भने निर्णय गर्न सक्ने एयरलाइन्सका उच्च अधिकारी नै छलफलमा आउनुपर्ने बताएका थिए । मन्त्री पाण्डेले शुक्रबार दिउँसोसम्म सहमतिको प्रयास गरिने आश्वासन दिएका छन् । शुक्रबार…
Read More
चाराली–चन्द्रगडी सडक खण्डमा मोटरसाइकल र अटो दुर्घटना, पाँच घाइते

चाराली–चन्द्रगडी सडक खण्डमा मोटरसाइकल र अटो दुर्घटना, पाँच घाइते

बिर्तामोड साउन १०।। झापाको मेचीनगर–१३ स्थीत चाराली–चन्द्रगडी सडक खण्डमा मोटरसाइकल र अटो दुर्घटना भएको छ । उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे ११ प १९०५ नम्बरको मोटरसाइकल र मे १ ट ८५४३ ओटो दुर्घटना भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक बुद्धशान्ति ३ का २३ बर्षका अनुराग राई र पछाडि सवार सोहि स्थानका मनोज मगर रहेको प्रहरीले बताएको छ । त्यस्तै अटो चालक बुद्धशान्ति २ का ४२ बर्षका केशव भण्डारी, बुद्धशान्ति २ कै ४२ बर्षका इन्द्रप्र्रसाद रिजाल र ४३ बर्षका यमबहादुर रिजाल, भद्रपुरका ३४ बर्षका सन्तोष पराजुली र उनको श्रीमती लक्ष्मी पराजुली घाइते…
Read More
शिक्षक सरुवा सम्बन्धी निर्देशिका खारेज गर्न माग

शिक्षक सरुवा सम्बन्धी निर्देशिका खारेज गर्न माग

काठमाडौँ ।साउन ५।।सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरुवा सम्बन्धीको निर्देशिका खारेज गर्न माग गरेको छ । नवनियुक्त मन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै महासंघले यसअघिको शिक्षामन्त्री सुमना श्रेष्ठले जारी गरेको निर्देशिका खारेज गर्न माग गरेको हो । महासंघले उक्त निर्देशिका खारेज गर्नुपर्ने वा नगरेको खण्डमा शिक्षक सरुवा सहमतिको लागि राष्ट्रिय मापदण्ड तय गरी संशोधन गर्नुपर्ने माग गरेको हो। निवर्तमान शिक्षामन्त्री श्रेष्ठले शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ जारी गर्दै शिक्षकको सरुवाको लागि विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान ल्याएकी थिइन् । महासंघले सुरुदेखि नै उक्त प्रावधानको विरोध गर्दै आएको थियो । तर, श्रेष्ठले शिक्षकको…
Read More
पहिरोका कारण हुन सक्ने ठूलो दुर्घटनाबाट बस जोगियो।

पहिरोका कारण हुन सक्ने ठूलो दुर्घटनाबाट बस जोगियो।

काठमाडौं। साउन ४।।आज शुक्रबार बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँ स्थित सडकमा खसेको पहिरोका कारण हुन सक्ने ठूलो दुर्घटनाबाट बस जोगिएको छ । उक्त बस संघीय राजधानी काठमाडौंतर्फ गइरहेको समय अचानक खसेको पहिरोबाट हुनसक्ने ठूलो दुर्घटनाबाट जोगिएको हो। यात्राका क्रममा जयपृथ्वी राजमार्गअन्तर्गत बगडगाउँस्थित सडकमा माथिबाट खसेको पहिरो बसमै परेको थियो । बाटोमा लामबद्ध भएर सवारी साधन गुडिरहेका बेला सबैभन्दा पछाडि रहेको बसमा अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन भने सकेन । पहिरोले बसको पछाडीको भागलाई छोएर भिरतर्फ धकेले पनी ठूलो आकारको बस भएकाले दुर्घटना हुन पाएन। अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस…
Read More
पटाका कारखानामा  विस्फोट, चार जनाको मृत्यु

पटाका कारखानामा  विस्फोट, चार जनाको मृत्यु

काठमाडौं। असार १५।। भारत स्थित दक्षिणी राज्य तमिलनाडुको एक पटाका बनाउने कारखाना शनिबार  विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।अन्य केही घाइते भएको अधिकारीले बताएका छन् । घटना चेन्नईबाट ५५३ किलोमिटर दक्षिणपश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको जनाइएको छ । प्रहरीका अनुसार विस्फोट हुँदा दर्जनौँ व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो । घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
Read More