Susandesh Khabar

सार्वजनिक शौचालय निर्माणका लागी जग्गा पहिचान गर्न समिति गठन

बिर्तामोड, साउन १५ : बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्ने उद्देश्यले लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिकाको बैठकले शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न एक जना अमिनसहित चार सदस्यीय जग्गा पहिचान समिति गठन गरेको हो ।

वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेको संयोजकत्वमा वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल सदस्य रहनेगरि समिति गठन गरीएको हो।

आगामी भदौ मसान्तभित्रमा जग्गा पहिचान गरि प्रतिवेदन पेश गर्ने गरि समिति गठन गरीएको नगर प्रमुख प्रसाईले जानकारी दिनुभयो ।बिर्तामोडमा अहिलेसम्म सार्वजनिक शौचालय नहुनु गम्भिर रहेको बताउँदै उहाँले अब प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

नगरका प्रवक्ता तथा समितिका संयोजक अग्निप्रसाद पाण्डेले सरकारी अथवा कुनैदाताको सहयोगमा जग्गा प्राप्तिका लागि कार्य अघि बढाइने बताउनु भयो । उहाँले कार्यपालिकाले दिएको समयभित्र काम सम्पन्न गर्नेगरी आजैदेखि अघि बढ्ने बताउनुभयो ।

नगरपालिकालाई सार्वजनिक शौचालय निर्माणको लागि संघिय सरकारबाट १ करोड रुपैयाँ बजेट प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...