Susandesh Khabar

seventh day adventist church नेपाल SDA को २ दिने तालिम सम्पन्न

सन्दिप स्याम्चेन,
seventh day adventist church नेपाल sda को दुई दिने बाइबल अध्ययन तथा अन्तरक्रीया कार्यक्रम काभ्रे जिल्लाको नगरकोटमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा sda church नेपालका केन्द्रिय अध्यक्ष डाक्टर शैलेस दिन दियल (सिलाश ) ज्युको प्रमुख अतिथी र प्रमुख वक्त रहेको थियो । बाइबल अध्ययन सम्बन्धि बाइबलिया तालिम गराइएको थियो सम्पुर्ण ख्रीस्टियन समुदायका विस्वासीहरुले बाइबल सम्बन्धि ज्ञान हुनु बाइबलिय शिक्षा अनिवार्य हुनु लगायत बाइबल सम्बन्धि सबल जवाफ र अन्तरक्रीया छलफल भएको थियो ।

sda church नेपालले बाइबललाई मुख्य आधार मानी शिक्षा दिइरहेको र विशेष गरि येशु ख्रीस्ट्लाइ पछ्याउने व्यक्तिहरु ख्रीस्ट जस्तै भएर जिउनु पर्छ भनी शिक्षा दिदै आइरहेको छ । दुई दिने कार्यक्रम मा विभिन्न चर्चका पास्टर अगुवा तथा राजनीति दलका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । नेपाली काङ्ग्रेसका पुर्व माननीय लक्ष्मी परियार,नेकपा माओवादी केन्द्र पार्टीका माननीय दुलारी हरिजोन,भारतपुर उपमहानगर पालिकाका उपमेयर पार्वती शाह को समेत सहभागीता रहेको थियो।Sda church नेपालले विगत देखि नै यस्ता तालिम तथा कार्यक्रमहरु गर्दै आइरहेको थियो । देशको विभिन्न जिल्लाहरु र पुर्व मेची पश्चिम महाकाली कै ख्रीस्टियनहरुलाइ ख्रीस्टियन एकता हुन र गराउन समेत अभियान कै रुपमा कामहरु गर्दै आइरहेका छन भने sda church नेपालले देशमा आइपरेका बिपत र आपतमा परेकाहरुलाइ भौतिक साथ सहयोगहरु प्रदान गर्दै आइरहेका छन यसरी आत्मिक र शरीरिक दुवै बचाउने येशु ख्रीस्टलाई केन्द्रित गराउदै बाइबललीय शिक्षा र सामाजिक कार्यहरुमा अग्रसर हुँदै काम गर्दै आइरहेका छन ।

बढी पहिरोमा परेकाहरुलाइ रहत सहयोग कुनै अगालागी जस्ता प्राकृतिक बिपत्तिमा परेकाहरुलाइ भेटी सङकलन गरि उठाइएको केही रकमले आर्थिक भौतिक सहयोग गरिरहेका छन । यस्तै गरि sda church नेपालको केन्द्रिय कार्यलय हेटौंडा ड्राइभर डाडामा ३ महिने निशुल्क बाइबल सेमिनार तालिम पनि दिदै आइरहेको केन्द्रिय अध्यक्ष एवम निर्देशक डाक्टरले जानकारी गराउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...