Susandesh Khabar

सिन्धुलीमा बस दुर्घटना, दुईजनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटना, दुईजनाको मृत्यु

  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । बस आज दिउँसो ३ बजे  दुर्घटना भएको जनाइएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Read More
हराइरहेका हजामको सब विरिङ खोलामा उत्खनन् गर्दा सडेको अवस्थामा फेला

हराइरहेका हजामको सब विरिङ खोलामा उत्खनन् गर्दा सडेको अवस्थामा फेला

  बिर्तामोड असोज २० ।। गत जेठ १५ गतेदेखि हराएका बाह्रदशी गाउँपालिका–५ फूलवारी का २२ वर्षीय राजेश हजामको शव फेला परेको छ। हजमको  शव बाह्रदशी गाउँपालिका – ७ स्थित विरिङ खोलामा उत्खनन् गर्दा सडेको अवस्थामा फेला परेको हो । साविक डाँगीवारी – ३ स्थित ‘लाफादी’ घाटको पश्चिम तर्फ खोला किनारमा अन्दाजी ५ फुट गहिरो खाडल खनेर हजामको शव पुरिएको अवस्थामा प्रहरीले उत्खनन् गर्दा भेटेको बाह्रदशी गाउँपालिका – ७ का वडाध्यक्ष मित्रप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार पानी बग्ने भाग भन्दा ५/७ मिटर पर हजामको शव पुरिएको अवस्थामा प्रहरीले फेला पारेको हो । दुई दिन लगाएर गरिएको उत्खनन्को क्रममा हजामको…
Read More
बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्रा क्रसिङ निर्माण

बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्रा क्रसिङ निर्माण

  बिर्तामोड, १९ असोज : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्रा क्रसिङ निर्माण गरेको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख निरीक्षक गणेश पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार मुक्तिचोक वरीपरी, भाटभटेनी सुपर मार्केट अगाडि र मोहनमाया माध्यमिक विद्यालय अगाडि गरेर ९ वटा जेब्रा क्रसिङ निर्माण गरिएको छ । यस अघि निर्माण गरिएका जेब्रा क्रसिङको रङ खुइलिएर देखिनै छाडेपछि यात्रुलाई सहज बनाउने उदेश्यले जेब्रा क्रसिङ निर्माण गरेको बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनु भयो । वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)अर्जुन प्रसाद सोडारीले स्थानिय विभिन्न…
Read More
न्युटन्स् एजुकेसन र कन्काई हस्पिटल बीच सम्झौता

न्युटन्स् एजुकेसन र कन्काई हस्पिटल बीच सम्झौता

बिर्तामोड,  न्युटनस् एजुकेसन एकेडेमीले   कन्काई हस्पिटलसँग सम्झौता गरेको छ। न्युटनस् एजुकेसन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको आकस्मिक दुर्घटनाको उपचारका लागि  कन्काई हस्पिटलसँग सम्झौता भएको छ । विद्यालय परिसरभित्र भएका दुर्घटनाको लागि बिर्तामोड ५ स्थित कन्काई हस्पिटल प्रा.लि. र न्युटन्स् एजुकेसन एकेडेमीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।उक्त सम्झौतापत्रमा विद्यालयका तर्फबाट प्रिन्सिपल देबेन्द्र हुमागाईं र कन्काई हस्पिटलका तर्फबाट अध्यक्ष युवराज डाँगीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको न्यूनतम रु १००० देखि अधिकतम रु १ लाख सम्मको दुर्घटना औषधि उपचार बीमा विद्यालयको तर्फबाट गरिएको छ भने कन्काई हस्पिटल प्रा.लि.को तर्फबाट विभिन्न सेवाहरूमा छुट सुविधासहित अतिरिक्त सुविधा समेत प्रदान गरिएको छ । (more…)
Read More
हेटौडाबाट११ करोड रुपैयाँको सुनसहित दुई भारतीय पक्राउ

हेटौडाबाट११ करोड रुपैयाँको सुनसहित दुई भारतीय पक्राउ

  मकवानपुर असोज १९।। मकवानपुर प्रहरीले करिब साढे ११ करोडको अवैध सुन सहित दुई भारतीयलाई पक्राउ गरेको छ। नेपालीका ठूला चाडपर्व नजिकिँदै जाँदा हेटौंडामा अवैध सुन अनेक उपाय अपनाएर भित्र्याउने क्रम बढेपछि प्रहरी चनाखो भएको छ । मकवानपुर प्रहरीले शनिबार विहान ११ करोड बढीको अवैध सुनसहित हेटौंडामा २ भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले पूर्वपश्चिम सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपियाँको अवैध सुनसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघङ्ची थाना पुजारबाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली…
Read More
आजबाट बडा दशैं सुरु आज घटस्थापना गरिँदै

आजबाट बडा दशैं सुरु आज घटस्थापना गरिँदै

बिर्तामोड झापा।। आजबाट बडा दशैं सुरु भएको छ। बडा दशैँको पहिलो दिन  आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।   नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक  घटस्थपना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ।  ​ नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव जौ रोपिन्छ। यव अङ्कुर दुर्गा देवीको…
Read More
2026 को लागि DV खुल्यो आजबाट भर्न सकिने

2026 को लागि DV खुल्यो आजबाट भर्न सकिने

  अमेरिकाले सन २०२६ का लागि अमेरिकाको डाइभसिर्टी भिसा अर्थात् डीभी आजबाट खुलाएको छ । नेपाली समय अनुसार आज राति ९ः४५ बजेबाट आवेदन दिन सकिनेगरी अमेरिकाले डीभीको आवेदन खुला गरेको हो । नेपालस्थित अमेरिकी दूतावासले जनाएअनुसार अक्टोबर २ अर्थात् आज राति ९ः४५ बजेबाट आगामी नोभेम्बर ५ को राति १०ः४५ सम्म आवेदन दिन सकिनेछ । निशुल्क आफैँ dvprogram.state.gov मा गएर तोकिएको समयभित्र जुनसुकै बेला पनि आवेदन दिन सकिने दूतावासले जनाएको छ । त्यसैगरी आवश्यक प्रक्रिया पूरा गरेका आवेदकहरुमध्येबाट निष्पक्ष रुपमा नतिजा प्रकाशन गरिने समेत दूतावासले जनाएको छ । त्यस्तै एक व्यक्तिले एकपटक मात्रै डीभी भर्न पाउनेछ । साथै अघिल्लो वर्ष खिचिएको तस्बिरलाई नै…
Read More
चाडपर्वलाई लक्षित गर्दै बिर्तामोड नगरपालिका द्वारा बजार अनुगमन

चाडपर्वलाई लक्षित गर्दै बिर्तामोड नगरपालिका द्वारा बजार अनुगमन

  झापा, १६ असोज : बिर्तामोड नगरपालिकाले आज बजार अनुगमन गरेको छ । दशैं, तिहार नजिकिएसंगै बजारमा हुने कालो बजारी, म्याद गुज्रिएका तथा अखाद्य वस्तुको विक्री वितरण हुन सक्ने भएकोले खाद्यान्न, मासु पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा अनुगमन गरिएको हो । अनुगमन टोलीले बिर्तामोड ५ मा रहेको सतासी डिपार्टमेन्ट स्टोर र बिर्तामोड ४ को एभरेष्ट फ्रेस एण्ड फेसन मार्टबाट अखाद्य वस्तु मिसावट भएको एभरेष्ट मसला जफत गरेको छ । यो मसला खानका लागि अयोग्य रहेको जनाईएको छ । यस्तै बिर्तामोड ५ को स्वरोजगार भवानी बचत रिण सहकारी पसलबाट केहि अखाद्य रंग मिसावट भएको फ्राई मटर जफत गरेको छ । अनुगमनका क्रममा…
Read More
साइबर अपराध मुद्दामा पक्राउ परेका प्रसाई रिहा

साइबर अपराध मुद्दामा पक्राउ परेका प्रसाई रिहा

  बिर्तामोड । केही दिन अघि साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ परेका एण्ड सी मेडिकल कलेजका सञ्चालक तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । मंगलबार बेलुका  जिल्ला अदालत काठमाडौँले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् । मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका थिए । प्रहरीको साइबर ब्युरोले उनलाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । युट्युब च्यानल ‘देश दुनियाँ खबर’…
Read More
माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकजनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकजनाको मृत्यु

  बिर्तामोड। माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको  गौरीगंज गाउँपालिका-३ बाइसे टोल बस्ने ३६ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो । आफ्नै घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न खेतमा रहेको पानी तान्ने विद्युतीय मोटरको तार खोली खोलामा लगाउँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लाइफ लाइन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।
Read More