उत्तरी धादिङको पर्यटकिय धार्मिक स्थल धादिङ,रसुवा र नुवाकोटको संगम स्थलमा रहेको सिङ्ल्हामा बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरिएको दोस्रो सिङ्ल्हा पर्यटन मेला भब्यताका साथ सम्पन्न ।
उक्त मेला बैशाख पुर्णिामाको दिन पर्ने गरि आयोजना गरिएको थियो । पर्यटनको प्रवर्द्धन हुने हेतुका साथ आयोजना गरिएको मेलामा छिमेकी तिनै वटा जिल्लाका भक्तजनहरुको उपस्थिति सङ्गै स्थानीय स्तरमा रहेको तामाङ सामुदाय भित्र झल्किने सास्कृतिक नृत्य वा मौलिक लोक गितहरु प्रस्तुत गरिएको थियो ।
जसमा लामा नाच,झाक्री नाच,साइकोले व्हाइ,वारवार व्हाइ र म्हेन्दोमाया गीतहरु गएर दर्शक हरुलाइ मनोरञ्जन दिलाइएका थियो भने, सिङ्ल्हा म्हानेको दर्शन र भाकल गरेमा मनले चेताएको र मागेको इच्छा हुने धार्मिक जन बिश्वास रहेको छ । उक्त मेलाको आयोजक : सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजले आयोजना गरिएको थियो भने प्रायोजकमा : खनियाबास गाउँ पालिका,रुबिभ्याली गाउँ पालिका र नेपाल टुरिजम बोर्ड रहेको जानकारी मेलाका संयोजक मङ्ग् बहादुर तामाङले जानकारी गराउनु भएको थियो ।